+
+

निबु खोलामा आएको बाढीले बगायो तीन हजार मुरी धान

112 पटक हेरिएको
Clock २०८२ पुष २३, बुधबार २१:४०
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको फाल्गुनन्द गाउँपालिकाको वीचबाट बग्ने निबु खोलामा गत असोज तेश्रो साता आएको बाढीले करीव तीन हजार मुरी धान फलेको खेतमा क्षति पु¥याएको पाइएको छ।
२. फाल्गुनन्द गाउँपालिकाले कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई रु. ३० हजार र १०० मुरीभन्दा बढी धान फलाउने कृषकलाई रु. ५० हजार पुरस्कार दिने ब्यवस्था गरेको छ।
३. बाढीले खेती लगाइएको धेरै जमिन बगाएपनि फाल्गुनन्दमा धान उत्पादन भने बढेको छ, किसान प्रोत्साहन पुरस्कारका लागि चालु आ.व.मा ६० वटा निवेदन दर्ता भएकामा ५८ जना कृषकले निवेदनबमोजिम धान फलाउन सफल भएका छन।

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको वीचबाट बग्ने निबु खोलामा गत असोज तेश्रो साता आएको बाढीले करीव तीन हजार मुरी धान फलेको खेतमा क्षति पु¥याएको पाइएको छ।
फाल्गुनन्द गाउँपालिकाका कर्मचारी र प्राविधिकहरुले धान उठाउने समयमा गरेको निरीक्षणका क्रममा एकै खोलाले ठूलो क्षति गरेको पाइएको हो। गाउँपालिकाको कृषि शाखाका प्रमुख सुगम घिमिरेका अनुसार अविरल वर्षापछि आएको बाढी र पहिरोले करीव ८०० जना कृषकहरुको खेतबारीमा क्षति गरेको थियो । जसमध्ये पनि निबु खोलामा आएको बाढीले खोलाको दायाँबायाँको धेरै खेतीयोग्य जमिन बगाएको घिमिरेको भनाइ छ।
फाल्गुनन्द गाउँपालिकाले कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई रु. ३० हजार र १०० मुरीभन्दा बढी धान फलाउने कृषकलाई रु. ५० हजार पुरस्कार दिने ब्यवस्था गरेको छ। यस वर्ष गाउँपालिकाका छ वटा वडाका ६० जना कृषकहरुले प्रोत्साहन पुरस्कारको दाबी गर्दै धान नापजाँचका लागि निवेदन दिएका थिए । यही क्रममा गाउँपालिकाका प्राविधिकहरुले निबु खोला क्षेत्रको हप्तौं लगाएर निरीक्षण गरेका थिए । यस क्रममा बाढीले झण्डै तीन हजार मुरी धान फल्ने खेत बाढीले बगाएको पाइएको कृषि शाखा प्रमुख घिमिरेको भनाइ छ।
“सिंचाइका लागि पाइप, मलखाद बाहेक गाउँपालिकाले कृषकहरुलाई अन्य केही सहयोग गर्न सक्ने अवस्था छैन”, घिमिरेले भन्नुभयो, “यस वर्ष करीव ८०० घर धुरी कृषकहरुको खेतबारीमा क्षति पुगेको देखिन्छ।” कृषकहरुको एक÷दुई रोपनीदेखि ३० रोपनीसम्म खेतीयोग्य जमिन र लगाएको अन्नबाली बाढीपहिरोले क्षति पु¥याएको पाइएको उहाँले वताउनुभयो। “५० मुरीभन्दा बढी धान फलाउने लक्ष्यसहित पुरस्कारको दाबी गर्दै वडा नं. २ का एक जना कृषकले गाउँपालिकामा निवेदन दिनुभएको थियो”, घिमिरेले भन्नुभयो, “पछि हामी निरीक्षणमा जाँदा बाढीले उहाँको सबै खेत बगाएका कारण एक गेडो पनि धान भित्र्याउन नपाएको पायौं ।”
२०८० सालमा १६८ मुरी र गत वर्ष १७४ मुरी धान फलाउनु भएका फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाका मकरबहादुर तामाङले यस वर्ष २०० मुरीभन्दा बढी धान फलाउने लक्ष्य राखेर खेती लगाउनु भएको थियो । तर बाढीले उहाँको सिस्ने र करमबोटे खेतका आंशिक खेती बगाउँदा जम्मा १५८ मुरी मात्रै धान फलाउन सक्नुभयो। “गाउँपालिकाका प्राविधिकहरुले नै ५० मुरी धान फल्ने खेत बगाएको निश्कर्ष निकाल्नुभयो”, तामाङले भन्नुभयो, “यस वर्ष बाढीले सखाप नै पा¥यो ।” 
बाढीले खेती लगाइएको धेरै जमिन बगाएपनि फाल्गुनन्दमा धान उत्पादन भने बढेको छ । धेरै धान फलाउने कृषकलाई प्रोत्साहन पुरस्कार दिने ब्यवस्थाका कारण कृषकहरुले परम्परागत रुपमा गर्दै आएको धान उत्पादनमा प्रतिस्पर्धा थालेका छन। किसान प्रोत्साहन पुरस्कारका लागि चालु आ.व.मा ६० वटा निवेदन दर्ता भएकामा ५८ जना कृषकले निवेदनबमोजिम धान फलाउन सफल भएका छन। गत वर्ष ४३ जना कृषकहरुले मात्रै निवेदन दिएको फाल्गुनन्द गाउँपालिकाले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win