0 प्रतिक्रिया
१४ औँ धरान १० के रनमा पाँचथरकी पुष्पा शेर्मा दोस्रो
AI सारांश
Fast AI१. पाँचथरकी धाविका पुष्पा शेर्माले १४ औँ धरान १० के रन को १० किलोमिटर खुल्ला महिलातर्फ दोस्रो स्थान हासिल गरेकी छन्।
२. शेर्माले १० किलोमिटर दूरी ४१ मिनेट ४४ सेकेन्डमा पूरा गर्दै उत्कृष्ट प्रदर्शन गर्न सफल भएकी हुन्।
३. विभिन्न विधामा आयोजना गरिएको उक्त दौड प्रतियोगितामा पाँचथर जिल्लाबाट संघका अध्यक्ष पूर्णहाङ तुम्बापोसहित सदस्य इन्द्रमाया जवेगुलगायत १० जनाको टोलीले सहभागिता जनाएको थियो।
पाँचथर । १४ औँ धरान १० के रन को १० किलोमिटर खुल्ला महिलातर्फ पाँचथरकी धाविका पुष्पा शेर्माले दोस्रो स्थान हासिल गरेकी छन्।
“शिक्षाको निम्ति च्यारिटी दौड” भन्ने मूल नाराका साथ शनिबार धरानमा सम्पन्न प्रतियोगितामा शेर्माले १० किलोमिटर दूरी ४१ मिनेट ४४ सेकेन्डमा पूरा गर्दै उत्कृष्ट प्रदर्शन गर्न सफल भएकी हुन्।
जिल्ला एथलेटिक्स संघ पाँचथरका अध्यक्ष पूर्णहाङ तुम्बापो (रेन्जो) का अनुसार दौड पुतली लाइनबाट सुरु भई देशी लाइन, पुरानो बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चोक, हात्तीसार क्याम्पस, रेडक्रस भवन, अमरहाट कभर्ड हल, जिरो प्वाइन्ट, जानकी चोक, धरान रङ्गशाला, गणेशमान चोक, पानी टेङ्की, कल्याण चोक, मङ्गलबारे, रत्न चोक, बुद्ध चोक र दुर्गा चोक हुँदै पुनः पुतली लाइन पार गरेर भानुचोकमा पुगेर सम्पन्न भएको थियो।
विभिन्न विधामा आयोजना गरिएको उक्त दौड प्रतियोगितामा पाँचथर जिल्लाबाट संघका अध्यक्ष तुम्बापोसहित सदस्य इन्द्रमाया जवेगुलगायत १० जनाको टोलीले सहभागिता जनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









