+
+

करिब २५ टन प्लाष्टिकजन्य फोहोरमैला सुनकोशी नदीमा चुहावट हुनबाट रोकियो

186 पटक हेरिएको
Clock २०८१ जेष्ठ १९, शनिबार १०:००
-- Sponsored --

AI सारांश

Fast AI

१. क्रिएसन नेपालले गोलन्जोर गाउँपालिकासँग मिलेर करिब २५ टन बराबरको प्लाष्टिकजन्य फोहोरमैला संकलन गरी सुनकोशी नदीमा चुहावट हुनबाट रोकेका छन्।
२. क्याप परियोजना अन्तर्गत आयोजना गरिएको नदी सरसफाई अयिभान परियोजनाले परिचालन गरेको युवा स्वयं सेवक, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीय सरोकारवालासँगको सहकार्यमा करिब सय भन्दाबढी सहभागीहरूले सरसफाई अभियानमा सहभागिता जनाएका थिए।
३. क्रिएशन नेपालले सन्चालन गरेको सरसफाई अभियान र फोहोरमैला व्यवस्थापन गर्ने काम प्रति पूर्ण प्रतिबद्धता रहेको छ भनि गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बरालले बताए।

सिन्धुली- क्याप परियोजना अन्तर्गत क्रिएसन नेपालले गोलन्जोर गाउँपालिकासँग मिलेर करिब २५ टन बराबरको प्लाष्टिकजन्य फोहोरमैला संकलन गरी सुनकोशी नदीमा चुहावट हुनबाट रोकेका छन्।

शुक्रबार गोलन्जोर गाँउपालिकाको खुर्कोट–७ नदीको किनारमा विगत लामो समयदेखि फोहोर डम्पिङसाइटको रुपमा परिणत भएको हटस्पटबाट उक्त परिणामको प्लाष्टिकजन्य फोहोरमैला संकलन गरी सफा गरेका छन्।

क्याप परियोजना अन्तर्गत आयोजना गरिएको नदी सरसफाई अयिभान परियोजना ले परिचालन गरेको युवा स्वयं सेवक (युथ कोहर्ट), सशस्त्र प्रहरीबल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरोकारवालासँगको सहकार्यमा करिब सय भन्दाबढी सहभागीहरूले सरसफाई अभियानमा सहभागिता जनाएका थिए। ‘क्याप परियोजना’ नेपालमा प्लिज (प्लास्टिक फ्री रिभर्स एन्ड सीज अफ साउथ एशिया) को एक प्रमुख आयोजनाको रुपमा रहेको छ भने युनोप्स र विश्व बैंकको सहयोगमा दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (साकेप)द्वारा लागू गरिएको हो।

सरसफाई अयिभानमा प्रमुख अतिथिको रुपमा सहभागी भएका गोलान्जोर गाउँपालिका अध्यक्ष शंकर बराललले पालिकाले गर्नु पर्ने काम क्रिएशनले गरेर हामीलाई राम्रो काम गर्न मद्दत गरिरहेको बताए। उनले बढ्दो सहरीकरणले गोलन्जोर गाँउपालिकालाई फोहोरमैलाको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको छ चिन्दा व्यक्त गर्दै क्रिएसन नेपालले सन्चालन गरेको सरसफाई अभियान र फोहोरमैला व्यवस्थापन गर्ने काम प्रति पूर्ण प्रतिबद्धता रहेको बताए।

क्रिएशनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले प्राकृतिक स्रोतको संरक्षणमा व्यक्तिगत जिम्मेवारीको महत्वलाई विशेष जोड दिए। उनले भने, ‘हामीले प्रकृति संरक्षण जस्ता महत्त्वपूर्ण कार्यको लागि अन्य प्रेरणा वा आर्थिक सहयोगमा मात्र भर पर्नु हुँदैन। यो प्रतिबद्धता हामीसबैलाई भित्रबाट आउनुपर्छ।’ 

मिश्रले राजमार्ग र खोलामा प्लाष्टिक प्रदूषण न्यूनीकरणका लागि क्रिएसनसँग सहकार्य गरेकोमा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर बरालको पनि प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।

क्याप परियोजना प्रमुख उज्ज्वल उपाध्यायका अनुसार यस परियोजनाको एक भागका रूपमा हामी सबै गोलन्जोरमा नदी सरसफाईको काम सुरुवात गरेको र कम्तीमा १२ वटा नदी सरसफाई अभियान एक साथ सँगै सञ्चालन गर्ने बताए। उनले परियोजना सन्चालन हुने सात स्थानीय पालिकासँग परियोजना कार्यान्वयन गर्न द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरी सकेको जानकारी गराउँदै प्रमुख नदीहरुका प्लाष्टिकजन्य फोहोर चुहावट हुने स्थानमा नदी सरसफाई अभियान सन्चालन गरिने बताए।

गोलन्जोर गाउँपालिकासँगको सहकार्यमा एक्साभेटर र दुईवटा ट्रिपर परिचालन गरी पालिकाद्धारा प्रस्तावित ल्यान्डफिल साइटमा स्थानान्तरण गरेका छन। नयाँ ल्यान्डफिल साइटको लागि बाटो खोल्नुका साथै अब सफा गरिएको हटस्पटमा फोहोर नफालिने पालिकाबाट प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win