0 प्रतिक्रिया
ओलीलाई शुभकामना दिदै माधव नेपालले सम्झाए संसद विघटन
AI सारांश
Fast AI१. नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिदै यस अघि संसद विघटन गरेको विषय स्मरण गराएका छन्।
२. उनले प्रधानमन्त्री ओलीलाई आफ्नो पुनर्मूल्यांकन गर्न आग्रह गरेका छन् र विगतमा करिब दुई तिहाईको सरकार किन ढलेको भन्ने प्रश्न गरेका छन्।
३. नेता नेपालले राजनीतिक स्थिरताका नाममा अर्को जंगबहादुर नखोजिएको बताउदै शक्तिको केन्द्रीकरणबाट स्वेच्छाचारिता जन्मिने डर भएको बताएका छन्।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिदै यस अघि संसद विघटन गरेको विषय स्मरण गराएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा ओलीले राखेको विश्वासको मतसम्बन्धिको प्रस्तावमाथि बोल्दै पूर्व प्रधानमन्त्री नेपालले विगतमा गरेको संसद विघटनको सम्झाएका छन् ।
उनले प्रधानमन्त्री ओलीलाई आफ्नो पुनर्मूल्यांकन गर्न आग्रह गरेका छन् । विगतमा करिब दुई तिहाईको सरकार किन ढलेको भन्ने प्रश्न गर्दै नेपालले कांग्रेसका केहि नेताहरु एमालेसँग मिलेकोमा खुशी भएपनि दोस्रो तेस्रो तहका नेता र साधारण कार्यकर्ता खुशी नभएको बताए ।
नेता नेपालले राजनीतिक स्थिरताका नाममा अर्को जंगबहादुर नखोजिएको बताउदै शक्तिको केन्द्रीकरणबाट स्वेच्छाचारिता जन्मिने डर भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories







