+
+

शेख हसिनाको मुश्किल बढ्दै, अमेरिकाको भिसा रद्ध, बेलायतले शरण दिन आनाकानी !

41 पटक हेरिएको
Clock २०८१ श्रावण २३, बुधबार १५:०४
-- Sponsored --

AI सारांश

Fast AI

१. अमेरिकाले शेख हसिनाको भिसा रद्द गरिदिएको छ, जसको कारण उनको सम्भावित अमेरिका भ्रमण रोकिएको छ।
२. बेलायतले हसिनालाई शरण दिन अस्वीकार गरेको छ, र उनले बेलायत बाहिरबाट बेलायत प्रवेश गर्न नपाउने स्पष्ट गरेको छ।
३. हसिना अहिले भारतको सुरक्षामा अज्ञात स्थलमा रहेकी छन्, र बंगलादेशबाट उनलाई भारतले फिर्ता गर्नुपर्ने आवाज उठ्न थालेको छ।

काठमाडौँ । शेख हसिनालाई अमेरिका र बेलायतले शरण दिन अस्वीकार गरेका छन् । मिडिया रिपोर्टका अनुसार अमेरिकाले हसिनाको भिसा रद्द गरिदिएको छ । उनको सम्भावित अमेरिका भ्रमणलाई रोक्न भिसा रद्ध गरेको मिडिया रिपोर्टमा दाबि गरिएको छ ।

त्यस्तै हसिना बेलायत जाने मिडिया रिपोर्ट सार्बजनिक भएपछि बेलायतले उनलाई अहिलेसम्म शरण दिन स्वीकृति नदिएको रिपोर्टमा उल्लेख गरिएको छ । ढाका ट्रीबुनले ढाकास्थित अमेरिकी दुताबासले हसिनाको भिसा बारे प्रक्रिया दिन अस्वीकार गरेको उल्लेख गरेको छ । दुताबासले कुनै पनि व्यक्तिको भिसा बारेको सूचना निजी विषय भएकोले यस बारेमा जानकारी दिन नमिल्ने बताएको छ । तर विभिन्न मिडियाले आफ्ना स्रोतहरुलाई उल्लेख गर्दै अमेरिकाले हसिनाको भिसा रद्ध गरेको उल्लेख गरेका छन् ।    

बेलायतले शरण लिन बेलायत बाहिरबाट बेलायत प्रवेश गर्न नपाउने स्पष्ट गरेको छ । तर मिडिया रिपोर्टमा सेख हसिनाले बेलायतसँग शरण मागेको र कानुनी प्रक्रिया भइरहेको दाबि गरिएको छ ।

सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएपछि हेलिकप्टरमा भारत आएकी हसिना अहिले भारतको सुरक्षामा अज्ञात स्थलमा रहेकी छन् । उनलाई भारतले कडा सुरक्षा दिएर राखेको बताइएको छ । उनी अब कहिलेसम्म भारतमा बस्छिन् भन्ने स्पष्ट छैन ।

यसैबीच बंगलादेशबाट हसिनालाई भारतले फिर्ता गर्नुपर्ने आवाज उठ्न थालेको छ । बंगलादेशको बार एसोसियसनले भारतले तुरुन्त हसिनालाई फिर्ता गर्नुपर्ने माग राखेको छ ।
   
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win