0 प्रतिक्रिया
फाक्चुवाका विद्यार्थीलाई स्कुल पोशाक बितरण
AI सारांश
Fast AIनेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:
१. पाँचथरको कुम्मायक गाउँपालिका–२ माङजाबुङको फाक्चुवा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गरिएको छ।
२. विद्यालयका पूर्व विद्यार्थी अर्जुन र बिरेन्द्र लावतीले ३५ हजार रुपैयाँमा ३० जना विद्यार्थीहरुलाई ट्रयाकसुट, टिशट र जुत्ता सहितका स्कृल पोशाक बितरण गर्नुभएको छ।
३. यो सहयोगले आर्थिक रुपमा विपन्न समुदायका अध्यायन गर्ने विद्यार्थी बालबालिकाहरुको पठनपाठनमा सहज होस् भन्ने उदेश्यले गरिएको हो, र गाउँपालिकाले हिउँदे सभा मार्फत विद्यालयमा सहयोग गर्ने बताउनुभयो।
रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका–२ माङजाबुङको फाक्चुवा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गरिएको छ। आइतवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ३० जना विद्यार्थीहरुलाई ३५ हजार मुल्य बराबरको स्कुल पोशाक बितरण गरिएको विद्यालयका प्र.अ मोहन प्रसाद लावतीले जानकारी दिनुभयो। विद्यालयका पूर्व विद्यार्थीले गरेको सहयोगले अभिभावक र बालबालिकाहरुलाई पठनपाठनमा राहत मिलेको लावतीको भनाइ छ।

विद्यालयका पूर्व विद्यार्थी हाल मलेसियामा श्रम गर्दै आउनु भएका अर्जुन र बिरेन्द्र लावतीले ३५ हजार रुपैयाँमा ३० जना विद्यार्थीहरुलाई ट्रयाकसुट, टिशट र जुत्ता सहितका स्कृल पोशाक परिवारका सदस्य मार्फत बितरण गर्नुभएको छ। आर्थिक रुपमा विपन्न समुदायका अध्यायन गर्ने विद्यार्थी बालबालिकाहरुको पठनपाठनमा सहज होस् भन्ने उदेश्यले स्कुल पोशाक वितरण गरेको लावती परिवारले जनाएको छ।

२०३० सालमा स्थापना भएको विद्यालयमा अध्यायन गरेको स्मरण गर्दै कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले दाताहरुको प्रशंसा गर्नुभयो। लामो समयदेखि पूर्व विद्यार्थीहरुले शिक्षाको गुणस्तर सुधार गर्दै आएको भन्दै गाउँपालिकाले हिउँदे सभा मार्फत विद्यालयमा सहयोग गर्ने बताउनुभयो।
कार्यक्रममा गाउँपालिकाका शिक्षा अधिकृत प्रदिप सिं तामाङ, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो। पोशाक वितरण कार्यक्रम विद्यालय व्यावस्थापन समिति अध्यक्ष चन्द प्रसाद लावतीको अध्यक्षतामा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











