Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "wc-add-to-cart" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "woocommerce" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "script" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131
Comments Add Comment

कुम्मायकमा एकपछि अर्को ध्यानाकर्षण पत्र, विधि र प्रकृया अनुसार काम गर्न सुझाव

रमेश थापा पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकालाई राजनीतिक दल र सरोकारवालाहरुले ध्यानाकर्षण पत्र बुझाएका छन। आइतबार गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीलाई नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य अमरसिं थापाले ६ बुदे सुझाव सहितको ध्यानाकर्षण बुझाउनु भएको छ। गाउँपालिकाले समन्वय र सहकार्य नगरी एकलौटी रुपमा बिभिन्न गतिविधि गरेको र त्यसबाट समस्या उत्पन्न भएको भन्दै राजनीतिक दल, नागरिक समाज र सरोकारबालाहरुको बैठक बसी आवश्यक समन्वय र सहकार्य गरी अघि बढ्न सुझाव सहितको ध्यानाकर्षण पत्र बुझाएको नेकपा एमाले कुम्मायक गाउँपालिका संगठन कमिटी अध्यक्ष मेघराज निरौलाले बताउनुुभयो।

गाउँपालिकामा बुझाएको ६ बुदे ध्यानाकर्षण पत्रमा बैकल्पिक व्यवस्था नगरी प्रशासनिक काम कार्वाहिमा असर पर्ने गरी करार कर्मचारीलाई हटाएको भन्दै तत्काल निरन्तरता दिनुपर्ने माग गरिएको छ। कुम्मायक आधारभूत अस्पतालको संचालन र व्यवस्थापनको विषयमा सर्वपक्षिय छलफल गर्नुपर्ने माग गरिएको छ। त्यस्तै गाउँपालिकाले नदिजन्य बस्तुहरुको उत्खनन् ठेक्का मार्फत नगरेको भन्दै ध्यानाकर्षण गराएको छ। नदिजन्य बस्तुको उत्खनन् गर्दा अनिवार्य विधि र प्रकृया पु¥याएर ठेक्का मार्फत काम गर्न ध्यानाकषण गराएको छ। उक्त टोलीले गाउँपालिकाको तेचिलो बिषय बनेको प्रशासकीय भवनको विषयलाई टुङ्गोमा पु¥याउन सुझाव दिएको छ। सात वर्षदेखि चर्चाको बिषय बनेको प्रशासकीय भवन निर्माण गर्न सुझाव दिएको छ।

त्यसैगरी गाउँपालिका केन्द्र यासोकमा रहेको सिद्धदेवी बहुउदेश्य सहकारी संस्थाले ७ सय सेयरसदस्यको रकम अपचलन गरेको र तीङदेन विद्युत सहकारीको समस्याको बिषयमा तत्काल पहलकदमी अघि बढाउन आग्रह गरिएको छ। जवाफमा गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले गाउँपालिकाले गर्दै आएका गतिविधिमा राजनीतिक दल, बुद्धिजिवि, नागरिक समाजले दिएको सल्लाह र सुझावलाई आगामी दिनमा कार्यान्वयन गर्दै जाने बताउनुभयो। ‘कहिलेकाँही काम गर्दै जाँदा कमिकम्जोरी हुन्छ। यसलाई हामीले चिन्तन र मनन गर्छौ्। गाउँपालिकालाई बुझाएको सुझाव अनुसार नदिजन्य बस्तुहरुको ठेक्का लगाउन तयारी भएको बताउदै लावतीले कुम्मायक आधारभूत अस्पताल गाउँपालिकाबासीकै हितमा रहेकाले यसलाई थप व्यवस्थित गर्न सबै पक्षसंग सम्वाद जारी राख्ने बताउनुभयो।

करार कर्मचारीको विषयमा भने प्रदेश सरकार समक्ष स्थाई कर्मचारी माग गरिएकाले हटाएका कर्मचारीलाई निरन्तरता दिन नसक्ने स्पष्ट पार्नुभयो। गाउँपालिकाले निर्माण गर्न नसकेको प्रशासकीय भवनको विषयमा चाँडै टुङगोमा पुग्न गाउँपालिकामा छलफल र सम्वाद भईरहेकाले सरोकारवाला र राजनीतिकदलको सुझाव आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका बिभिन्न सहकारीमा देखिएको समस्या समाधन गर्न आवश्यक प्रकृया अघि बढाएको भन्दै ढुक्क रहन लावतीले आग्रह गर्नुभयो। कुम्मायक गाउँपालिकालाई यस अघि पनि नेकपा एमाले गाउँपालिका संगठन कमिटिले ११ वुद्धे ध्यानाकर्षण पत्र बुझाएको थियो। गाउँपालिकाले हटाएको करार कर्मचारीको बिषयमा टोलीले समेत अन्यायमा परेको भन्दै पटक पटक गाउँपालिकालाई ध्यानाकर्षण गराउँदै जवाफ माग गरेको थियो। कर्मचारीको विषयमा मौखिक जवाफ दिएको गाउँपालिकाले नेकपा एमालेको ११ बुदे ध्यानाकर्षण पत्रको विषयमा भने लिखित जावाफ दिने बताएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै