+
+

सम्बाहाङ्फे उत्थान संघको चौथो महाधिवेशन र ऐतिहासिक वंशावली विमोचन कार्यक्रम सम्पन्न

552 पटक हेरिएको
Clock २०८१ मंसिर २४, सोमबार ११:३८
-- Sponsored --

AI सारांश

Fast AI

१. सम्बाहाङ्फे उत्थान संघको चौथो राष्ट्रिय महाधिवेशन र ऐतिहासिक वंशावली विमोचन कार्यक्रम पाँचथर- धरानमा मङ्सिर २२ र २३ गते सम्पन्न भएको छ।
२. कार्यक्रममा पूर्व प्राज्ञ तथा पूर्व कुलपति श्री बैरागी काँइला (तिलविक्रम नेम्वाङ सुब्बा) ज्युले सम्बाहाङ्फे वंशावलीको विमोचन गर्दै औपचारिक उद्घाटन गर्नुभएको थियो।
३. महाधिवेशनकै क्रममा अमृत सम्बाहाम्फेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरिएको छ र संघले समुदायको समृद्धि, एकता, र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउन निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेको छ।

मनोज थापा

पाँचथर- धरानमा मङ्सिर २२ र २३ गते सम्बाहाङ्फे उत्थान संघको चौथो राष्ट्रिय महाधिवेशन र ऐतिहासिक वंशावली विमोचन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। प्रमुख अतिथि पूर्व प्राज्ञ तथा पूर्व कुलपति श्री बैरागी काँइला (तिलविक्रम नेम्वाङ सुब्बा) ज्युले सम्बाहाङ्फे वंशावलीको विमोचन गर्दै औपचारिक उद्घाटन गर्नुभएको हो।

कार्यक्रमको उद्घाटन धरानको मुख्य चोकमा भव्य र्याली भएपछी गरिएको थियो, र्यालीमा सम्बाहाङ्फे समुदायका दाजुभाइ र दिदीबहिनीहरू सांस्कृतिक भेषभूषासहित च्याब्रुङ र ढोलको तालमा उत्साहपूर्वक सहभागी  भएका भए। कोणसभा पछि कार्यक्रम स्थलमा सांस्कृतिक प्रस्तुतिहरू र सम्मान समारोहहरू पनि आयोजना गरिएको थियो।

कार्यक्रममा पूर्व प्रदेश प्रमुख प्रा. डा. गोविन्द सुब्बा, धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघा, उपरथी दिल बिक्रम आङ्देम्बे  लगायतका अतिथिहरु, सम्बाहाङ्फे उत्थान संघका पदाधिकारी, विभिन्न जिल्लाका प्रतिनिधि तथा तेह्रथुम, पाँचथर, झापा, सुनसरी, काठमाण्डौँ लगायतका स्थानहरुमा बसोबास गर्दै आएका सम्बाहाङ्फे दाजुभाई, परिवारहरु सहभागी भएका थिए।

वंशावली विमोचन समारोहमा वंशावली अध्ययन तथा अनुसन्धान कार्यदलका संयोजक एवम् पूर्व सामान्य प्रशासन तथा राज्य मन्त्री डम्बरसिं सम्बाहाङ्फेले २५ वर्ष लामो संघर्षपछि वंशावलीको लिखित दस्तावेज सार्वजनिक गर्न पाउँदा अत्यन्त गर्वको अनुभव भएको बताउनुभयो। उहाँले भन्नुभयो, “आज यो दस्तावेज हाम्रो सम्पूर्ण समुदायको लागि गर्वको कुरा बनेको छ। यस यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु।”

कार्यक्रममा निशुल्क जग्गा दान गर्ने र सम्बाहाङ्फे उत्थान संघलाई योगदान पुर्याउने बिभिन्न व्यक्तिहरुलाई  सम्मान गरिएको थियो। यसले संघलाई आफ्नो लक्ष्य र कार्यहरूमा थप उत्साह र समर्थन प्राप्त गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

महाधिवेशनको अवसरमा, संघका कोषाध्यक्ष भीमप्रसाद सम्बाहाङ्फेले आयव्ययको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले संघको आर्थिक स्थिति र भविष्यका योजनाहरूबारे जानकारी दिनुभयो। महासचिव रामकुमार सम्बाहाङ्फेले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, जसमा संघको गतवर्षका गतिविधिहरू, उपलब्धिहरू र आगामी योजनाहरूको विस्तृत वर्णन थियो।

महाधिवेशनमा सम्बाहाङ्फे समुदायको उत्थान, शिक्षा, सांस्कृतिक संरक्षण, र भावी रणनीतिबारे विभिन्न मुद्दाहरूमा गहन छलफल भएको थियो । महाधिवेशनकै क्रममा अमृत सम्बाहाम्फेको अध्यक्षतामा नयाँ कार्यसमिति पनि निर्वाचित गरिएको छ। नव निर्वाचित कार्यसमितिले सम्बाहाङ्फे समुदायको उत्थानका लागि नयाँ योजना र रणनीतिहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। यस कार्यक्रमले सम्बाहाङ्फे समुदायको एकता र भविष्यका लागि नयाँ दिशा र योजना तय गरेको विश्वास व्यक्त गरिएको छ।

सम्बाहाङ्फे उत्थान संघले समुदायको समृद्धि, एकता, र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउन निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशनको भव्य समापन गरेको छ।  संघले आगामी दिनहरूमा समुदायको उत्थान र विकासका लागि अझ बढी सहयोग र योगदानको अपेक्षासमेत राखेको छ। यस महाधिवेशनले सम्बाहाङ्फे समुदायलाई एकताबद्ध र समृद्ध बनाउन थप प्रेरणा र उत्साह प्रदान गरेको छ ।

कार्यक्रम आत्मानिर्भर बंशज स्वाभिमानी पुस्ता भन्ने मुल नाराका साथ २ दिन सम्म किरात याक्थुङ चुम्लुङ हिम धरान-१५ , सुनसरीमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win