0 प्रतिक्रिया
माधव नेपाललाई ओलीको कटाक्ष: परार बनेको पार्टीले संबिधानको चिन्ता लिनुपर्दैन
AI सारांश
Fast AI१. प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई संविधानको चिन्ता नगर्न आग्रह गरेका छन्।
२. प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले यस्तो आग्रह गरेका हुन्।
३. एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संसदमा बोल्दै ओलीबाट संविधान खतरा रहेको टिप्पणी गरेका थिए।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई संविधानको चिन्ता नगर्न आग्रह गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आफूले राखेको विश्वासको मतसम्बन्धीको प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले माधव नेपालप्रति संकेत गर्दै परार बनेको पार्टीले संबिधानको चिन्ता नगर्न आग्रह गरेका हुन् ।
उनले भने- ‘परार बनेको पार्टीले संविधानको चिन्ता लिनुपर्दैन । हामीले लिन्छौं । संविधान र लोकतन्त्रको जिम्मा हामीलाई छाडिदिनुस् ।’
यसअघि संसदमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीबाट संविधान खतरा रहेको टिप्पणी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









