+
+

पाँचथरमा विद्युतीय सरकारी खरिद ( ई – जिपी) प्रणाली सम्बन्धी तालिम सम्पन्न

169 पटक हेरिएको
Clock २०८१ मंसिर १७, सोमबार २०:०१
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको सदरमुकाम फिदिममा Eectronic government procurement (E-GP) system phase II तालिम शनिबार सम्पन्न भएको छ।
२. तालिममा ५० जनाले सहभागिता जनाएका थिए, जसमा कार्यालयका कर्मचारी र निर्माण व्यवसायीहरू सहभागी थिए।
३. ई–जीपी प्रणालीको कार्यान्वयनले सरकारी खरीद प्रक्रियामा पारदर्शिता, प्रभावकारिता र सुस्त कार्यप्रविधिहरूमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

मनोज थापा

पाँचथर, १७ मंसिर २०८१: पाँचथरको सदरमुकाम फिदिममा Eectronic government procurement (E-GP) system phase II तालिम शनिबार सम्पन्न भएको छ। उक्त तालिम सार्वजनिक खरिद अनुगमन कार्यालयको आयोजना र नेपाल निर्माण व्यवसायी महासंघ पाँचथरको व्यवस्थापनमा भएको हो।

तालिममा ५० जनाले सहभागिता जनाएका थिए, जसमा कार्यालयका कर्मचारी र निर्माण व्यवसायीहरू सहभागी थिए। सार्वजनिक खरिद अनुगमन कार्यलयका निर्देशक इन्द्र प्रसाद मैनालीले तालिमको उद्देश्य र महत्त्वमा प्रकाश पार्दै सहभागीहरूलाई ई–जीपी प्रणालीको प्रभावकारी उपयोगको बारेमा जानकारी दिएका छन्।

तालिमको सहजिकरण निर्देशक इन्द्र प्रसाद मैनाली र आईटी हेड निर्मल लामाले गरेका थिए। यस अवसरमा फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्ले र प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोईराला, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय महासचिव रोसन दाहाल लगायतका प्रमुख व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।तालिको उद्घाटन फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्लेले गरेका थिए। 

ई–जीपी प्रणालीको कार्यान्वयनले सरकारी खरीद प्रक्रियामा पारदर्शिता, प्रभावकारिता र सुस्त कार्यप्रविधिहरूमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win