Comments Add Comment

फालेलुङ–७ विहिदीनमा बृहत फुटबल तथा ब्याटमिनटन प्रतियोगिता हुने

इवारा जवेगु ,पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका वडा नं ७ विहिदिनमा माघेनी मेला २०८१ मा बृहत फुटबल तथा ब्याटमिनटन प्रतियोगिता हुने भएको छ।
नेपाल मगर संघ फालेलुङ-७ विहिदिनको आयोजनामा श्री विहिदिन आधारभूत विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। माघे संक्रान्तिको अवसरमा बृहत फुटबल तथा ब्याटमिनटन प्रतियोगिता साथै सास्कृतिक कार्यक्रम हुने नेपाल मगर संघ फालेलुङ-७ विहिदिनका अध्यक्ष राम कुमार मगरले बताए।
प्रतियोगिता माघ १ गतेदेखी सञ्चालन हुनेछ। प्रतियोगितामा पुरुष फुटबलतर्फको विजेताले नगद रु. १ लाख २ हजार ५५ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद रु ५१ हजार १ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यस्तै महिला फुटबलतर्फको विजेताले नगद रु ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टिमले नगद रु १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष मगरले बताए ।
ब्याटमिन्टन प्रतियोगितामा भने माघ ५ र ६ गते हुनेछ। ब्याटमिन्टन तर्फको विजेताले नगद रु १० हजार ट्रफी, मेडल र प्रमाणपत्र साथै उपविजेता टिमले ५ हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छ।
माघ १ गते चर्चित कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रमको आयोजना हुनेछ। प्रत्येक रात हाउजी खेल खेलाइने आयोजकले जनाएकोे छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै