Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "wc-add-to-cart" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "woocommerce" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "script" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131
Comments Add Comment

खनिज उत्खननमा चीनको १३ अर्ब डलर लगानी, ६० प्रतिशत तामा मात्रै उत्खनन्

न्युयोर्क, १९ पुस । विश्वलाई हरित ऊर्जातर्फ लैजान र स्मार्ट टेक्नोलोजीका लागि डाटा सेन्टरहरू निर्माण गर्न खनिजहरूको ठूलो मात्रा आवश्यक पर्ने गर्दछ।

तर, यो कुरा बुझेको उत्तरी छिमेकी चीनले यी खनिजहरूमा निरन्तर आफ्नो पकड बलियो बनाउँदै लगेको छ ।

चिनियाँ कम्पनीहरूले धेरै महत्त्वपूर्ण खनिजहरूमा आफ्नो प्रभुत्व बढाउँदै विश्वव्यापी रूपमा ठूला खानीहरूमा लगानी गरिरहेका छन्। यो अवस्था पश्चिमी देशहरूका लागि मात्र चिन्ताको विषय होइन, विश्वव्यापी आपूर्ति शृङ्खलामा यसको प्रभाव पर्ने सम्भावना पनि उत्तिकै बढेको छ।

आजको विश्व अर्थतन्त्रमा विशेष गरी हरित ऊर्जा र स्मार्ट प्रविधिमा खनिजहरूको भूमिका धेरै महत्त्वपूर्ण रहेको छ। यसलाई राम्ररी बुझेको चीनले खनिज सम्पदामा आफ्नो पकड बलियो बनाउन सुरू गरेको हो, जो रोकिने अझै देखिदैँन् ।

गत वर्ष चिनियाँ कम्पनीहरूले विश्वव्यापी खानीहरूमा करिब १६ अर्ब डलर लगानी गरेका थिए, जुन पछिल्लो दशकमा सबैभन्दा ठूलो लगानी मध्ये एक हो। यसमा अफगानिस्तान, घाना र जाम्बियाजस्ता देशहरूमा तामा, सुन र अन्य खनिजहरूको खानीहरू समावेश रहेका छन्।

चीनले तामा जस्ता खनिजहरूमा विशेष ध्यान दिएको छ, जुन विद्युतीय सवारी साधन र हरित ऊर्जासँग सम्बन्धित उपकरणहरूको लागि महत्त्वपूर्ण मानिन्छ छ। सन् २०२३ मा चिनियाँ कम्पनीहरूले आफ्नो कुल विदेशी लगानीको ६० प्रतिशत तामा उत्खननमा लगाएका छन् ।

यसबाहेक विद्युतीय सवारी साधनको ब्याट्रीका लागि आवश्यक लिथियम र कोबाल्टजस्ता खनिजमा चिनियाँ कम्पनीको लगानी पनि निरन्तर बढिरहेको छ । उदाहरणका लागि गेनफेन लिथियमले अर्जेन्टिनादेखि अस्ट्रेलियासम्म आफ्नो खनिज भण्डार विस्तार गरेको देखिएको छ ।

चिनियाँ खानी कम्पनीहरू अहिले विश्वको सबैभन्दा ठूलो खनिज उत्पादकहरूमा गनिन थालेका छन । सर्बियादेखि सुरिनामसम्म खनिज सम्पदाको स्वामित्वमा रहेको जिजिन माइनिङले अब बिएचपीजस्ता खनन दिग्गजहरूको बराबरीमा उत्पादन गरिरहेको छ।

सीएओसी अर्को चिनियाँ कम्पनी, जो अहिले विश्वको सबैभन्दा ठूलो कोबाल्ट उत्पादक कम्पनिको रूपमा दरिएको छ ।

चीनले यी खनिजको उत्पादन मात्रै बढाउँदैन, आफ्नो स्वदेशी उद्योगका लागि पनि प्रयोग गरिरहेको छ । गत वर्षको पहिलो ९ महिनामा चीनले १२ प्रतिशत बढी तामा, २१ प्रतिशत बढी कोबाल्ट र २० प्रतिशत बढी बक्साइट आयात गरेको थियो । यी खनिजहरू चीनमा ब्याट्री, सौर्य प्यानल र विद्युतीय सवारी साधनको उत्पादनमा प्रयोग भइरहेका छन्।

यी सबै खनिजहरूले चीनको ठूलो उद्योगको आवश्यकताको लागि धातु उत्पादनको आधारलाई बढवा दिने गर्दछ, जुन अन्य कुनै पनि देशको तुलनामा धेरै अगाडि छ। परिष्कृत खनिजहरूको कुरा गर्दा चीनले विश्वव्यापी आपूर्तिमा करिब ६० प्रतिशत ब्याट्री (ग्रेड लिथियम) ६५ प्रतिशत निकल, ७० प्रतिशत कोबाल्ट र ९० प्रतिशत दुर्लभ तत्वहरू नियोडियमियम आपूर्ति गरिरहेको छ।

केही चिनियाँ उत्खनन कम्पनीहरू आपूर्ति श्रृंखलामा थपिदै गएका छन्, जस्तै जिजिनले पनि तामाको पाता बनाउँछ। यी धातुहरू चीनका कारखानामा प्रयोग गरिन्छ, जसले विश्वका करिब आधा विद्युतीय सवारी साधनहरूमा ८० प्रतिशत लिथियम–आयन ब्याट्रीहरू र सौर्य प्यानलहरू बनाइरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै