0 प्रतिक्रिया
पाँचौं पाँचथर गोल्डकप: इन्ट्रा पथरी ११ को विजयी सुरुवात, आयोजक पाँचथर क्लब पराजित
AI सारांश
Fast AI१. पाँचथरको फिदिममा शनिबारदेखि वाईवाई पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप सुरु भएको छ।
२. उद्घाटन खेलमा इन्ट्रा पथरी ११ ले आयोजक पाँचथर क्लबलाई २–० ले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ।
३. प्रतियोगिताका विजेताले ११ लाख १ हजार रुपैयाँ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
पाँचथर-पाँचथरको फिदिममा शनिबारदेखि वाईवाई पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप सुरु भएको छ। उद्घाटन खेलमा इन्ट्रा पथरी ११ ले आयोजक पाँचथर क्लबलाई २–० ले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको ५ औं मिनेटमै सनम घिमालले पहिलो गोल गर्दै पथरीलाई अग्रता दिलाए, भने दोस्रो हाफको अतिरिक्त समयमा अंकित लिम्बुले अर्को गोल थप्दै टिमलाई शानदार जित दिलाए।
खेलभर उत्कृष्ट प्रदर्शन गरेका पथरीका गोलरक्षक समिर क्षेत्री ‘प्लेयर अफ दि म्याच’ घोषित भई ७,५०० रुपैयाँ पुरस्कार जित्न सफल भए। उता, फिदिम–१२ निवासी सुनिता राई ‘फ्यान अफ दि म्याच’ बन्न सफल भई २,५०० रुपैयाँ पुरस्कार प्राप्त गरिन्। प्रतियोगिताका विजेताले ११ लाख १ हजार रुपैयाँ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, प्रशिक्षक लगायतका विधामा खेलाडीहरूले आकर्षक नगद पुरस्कार जित्न सक्नेछन्।
प्रतियोगितामा सहभागी खेलाडी, अफिसियलहरू तथा २ सय जना दर्शकको सामूहिक बीमा गरिएको आयोजकले जनाएको छ। आइतबार दोस्रो क्वार्टरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड र हिल्स फुटबल एकेडेमी (भारत) बीच प्रतिस्पर्धा हुनेछ। स्थानीय फुटबलप्रेमीहरूले यो खेललाई निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









