+
+

पत्रकार लुइटेल र भण्डारी पुरस्कृत, ९५ सञ्चारकर्मीको सामुहिक दुर्घटना बिमा

141 पटक हेरिएको
Clock २०८२ जेष्ठ १५, बिहीबार १८:१८
-- Sponsored --

AI सारांश

Fast AI

१. प्रेस युनियको ३४ औं स्थापना दिवशको अवसरमा पाँचथरमा क्रियाशील पत्रकार राधा लुइटेल र जितेन्द्र भण्डारी पुरस्कृत भएका छन्।
२. प्रेस युनियन पाँचथरले जिल्लामा कार्यरत ९५ जना पत्रकार र सञ्चारकर्मीको सामुहिक दुर्घटना बिमासमेत गरेको छ।
३. प्रेस युनियन पाँचथर शाखाले फिदिम ४ मा रहेको जागृति आवशिय बिद्यालयमा सामुहिक भोजन सहितको कार्यक्रम आयोजना गरि स्थापना दिवश मनाएको हो।

पाँचथर । प्रेस युनियको ३४ औं स्थापना दिवशको अवशरमा पाँचथरमा क्रियाशील पत्रकार राधा लुइटेल र जितेन्द्र भण्डारी पुरस्कृत भएका छन्। स्थापना दिवसको अवसर पारेर गोरखापत्र दैनिककी पाँचथर संवाददाता राधा लुइटेल र इमेज टेलिभिजनका संवाददाता जितेन्द्र भण्डारी नगद पुरस्कारसहित पुरस्कृत भएका हुन्।
प्रेस युनियन पाँचथरले वितरण गर्दै आएको स्वर्गीय देवमान केरुङ स्मृति पत्रकारिता पुरस्कार लुइटेल र स्वर्गीय लोकमन बाँस्कोटा स्मृति पत्रकारिता पुरस्कार भण्डारीलाई प्रदान गरिएको हो। दुवै पुरस्कारको राशी समान दश हजार रुपैयाँ छ।
दुवै सम्मान र पुरस्कार प्रत्येक वर्ष नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसर पारेर वितरण गरिँदै आएको छ । यसैबीच प्रेस युनियन पाँचथरले जिल्लामा कार्यरत ९५ जना पत्रकार र सञ्चारकर्मीको सामुहिक दुर्घटना बिमासमेत गरेको छ ।

जिल्लामा रहेर सक्रिय पत्रकारिता गरिरहेका पत्रकारसँगै रेडियो, पत्र पत्रिका र अनलाइनमा कार्यरत यत्तिका पत्रकारको सामुहिक दुर्घटना बिमा गरिएको युनियन पाँचथरका अध्यक्ष खबिन लुइटेलले बताए।
प्रेस युनियन पाँचथरले ३४ औं स्थापना दिवश फिदिम ४ मा रहेको जागृति आवशिय बिद्यालयका बिद्यार्थीहरु सँग मनाएको हो । युनियन पाँचथर शाखाले सो बिद्यालयमा आवशीयरुपमा पढिरहेका ५१ जना बिद्यार्थीहरु सँग सामुहिक भोजन सहितको कार्यक्रम आयोजना गरि स्थापना दिवश मनाएको हो । प्रेस युनियन पाँचथर शाखाले सो बिद्यालयलाई एक थान फिल्टर र बिद्यार्थीहरुको लागी स्टेशनरी समेत हस्तातरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win