+
+

तुम्बेवाबाट उच्च रक्तचापले थलिएकी गर्भवती महिलाको हवाई उद्धार

272 पटक हेरिएको
Clock २०८२ श्रावण १७, शनिबार २०:५७
-- Sponsored --

AI सारांश

Fast AI

निम्नलिखित ३ बुँदामा यस नेपाली समाचारको छोटो सारांश हो:

* पाँचथरको तुम्बेवा गाउँपालिका–५ हाङगुमकी २० वर्षीया गर्भवती मुना कुरुम्वाङको स्वास्थ्य अवस्था जटिल बनेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको छ।
* उनलाई उच्च रक्तचाप (प्रि–एक्लेम्प्सिया) र शरीर सुनिने समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सम्भव नभएपछि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको हो।
* मुना कुरुम्वाङलाई काठमाडौंस्थित परोपकार प्रसूति गृह, थापाथलीमा भर्ना गरिएको छ र स्वास्थ्य सेवा पहुँचमा चुनौती रहेका दुर्गम क्षेत्रमा यस्तो हवाइ उद्धार सेवा जीवनरक्षक उपायका रूपमा प्रभावकारी देखिएको छ।

मनोज थापा

पाँचथर, साउन १७-पाँचथरको तुम्बेवा गाउँपालिका–५ हाङगुमकी २० वर्षीया गर्भवती मुना कुरुम्वाङको स्वास्थ्य अवस्था जटिल बनेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको छ। उनलाई उच्च रक्तचाप (प्रि–एक्लेम्प्सिया) र शरीर सुनिने समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सम्भव नभएपछि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको हो।

तुम्बेवा गाउँपालिका स्वास्थ्य संयोजक विनिता गौतमका अनुसार मुनालाई अत्यधिक रक्तचाप, शरीरमा कम्पन र सुनिने जस्ता गम्भीर लक्षण देखिएपछि हाङगुमस्थित बर्थिङ्ग सेन्टरमा उपचार सम्भव भएन। यस्तो अवस्थामा थप जटिलता आउन सक्ने भएकाले तत्कालै रेफर गर्नुपर्ने अवस्था आएको उनले जानकारी दिइन्।

गाउँपालिका अध्यक्ष बाबुराम खड्काका अनुसार शनिबार अपराह्न राष्ट्रपति महिला हवाइ उद्धार कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उद्धार कार्य तुम्बेवा गाउँपालिकाको पहलमा तथा जिल्ला प्रशासन कार्यालय पाँचथरको सिफारिसमा सम्पन्न भएको हो। काम विशेषले काठमाडौंमै रहेका अध्यक्ष खड्का सोही हेलिकोप्टरमा सवार भई हाङगुम आइपुगेका थिए र उद्धार कार्यमा प्रत्यक्ष समन्वय गरेका थिए।

उद्धारपछि मुना कुरुम्वाङलाई काठमाडौंस्थित परोपकार प्रसूति गृह, थापाथलीमा भर्ना गरिएको छ। यसअघि पनि यस्तै स्वास्थ्य समस्या देखिएका गर्भवती तथा सुत्केरी महिलाहरूको तुम्बेवा गाउँपालिकाबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य सेवा पहुँचमा चुनौती रहेका दुर्गम क्षेत्रमा यस्तो हवाइ उद्धार सेवा जीवनरक्षक उपायका रूपमा प्रभावकारी देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win