+
+

पुटिनसँग सम्झौता गर्न जेलेन्स्की तयार छन्, अब युद्द रोक्न जरूरी छः ट्रम्प

87 पटक हेरिएको
Clock २०८१ पुष २, मंगलवार १७:४०
-- Sponsored --

AI सारांश

Fast AI

१. अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न अपिल गरेका छन् ।
२. उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग युद्ध रोक्न वार्ता गर्नेसमेत बताएका छन् ।
३. ट्रम्पले युद्ध रोक्ने आफ्नो योजनाको कुनै विवरण भने दिएनन् ।

वासिंगटन डिसी, २ पुस। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले  रुस–युक्रेन युद्ध रोक्न अपिल गरेका छन् । 

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग युद्ध रोक्न वार्ता गर्नेसमेत बताएका छन् ।

मिडियासँग कुरा गर्दै ट्रम्पले युद्ध रोक्न जेलेन्स्की पुटिनसँग सम्झौता गर्न तयार हुनुपर्ने बताए । युद्ध रोक्न दुवै देशले सम्झौता गर्नुपर्छ । यद्यपि, ट्रम्पले युद्ध रोक्ने आफ्नो योजनाको कुनै विवरण भने दिएनन्।

ट्रम्पले युद्धका कारण अधिकांश विवादित क्षेत्र भग्नावशेषमा परिणत भएको र यसलाई मर्मत गर्न १०० वर्षभन्दा बढी समय लाग्नेसमेत बताएका छन् । उनले भने,  ‘त्यस्ता धेरै सहर छन्, जहाँ एउटा पनि भवन बाँकी छैन, सबै नष्ट भएको छ।’

‘रुस–युक्रेन युद्धका धेरै तस्विरहरु छन् जसमा शवहरु नराम्रो अवस्थामा परेका छन् । यी देख्दा मलाई सन् १८६१–१८६५ सम्म चलेको अमेरिकी गृहयुद्धका भयावह तस्बिरहरू याद आउँछ,’ उनले भने । 

यसअघि अमेरिकी चुनावका बेला डोनाल्ड ट्रम्पले बाइडेन प्रशासनले युक्रेनलाई दिएको अर्बौं डलरको सहायतामाथि प्रश्न उठाएका थिए । गत साता टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफू रुस–युक्रेन युद्ध जतिसक्दो चाँडो रोक्न चाहेको पनि बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win