0 प्रतिक्रिया
जनगायिका मधु गुरुङद्वारा लिखित उपन्यास ‘जीवनको गीत’ एक भव्य समारोहका बीच सार्वजनिक
AI सारांश
Fast AI१. जनगायिका तथा स्रष्टा मधु गुरुङद्वारा लिखित उपन्यास ‘जीवनको गीत’ बेलबारी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको छ।
२. कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. देवी क्षेत्री दुलाल रहनुभएको थियो भने उपन्यासकार मधु गुरुङको परिचय अग्रज स्रष्टा इरान राईले प्रस्तुत गर्नुभयो।
३. कृतिको समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै प्रा.डा. बद्रीविशाल पोखरेलले उपन्यासमा चित्रित जीवन–संघर्ष, पात्र निर्माण र सामाजिक पृष्ठभूमिको कलात्मक अभिव्यक्तिलाई विशेष सराहना गर्नुभयो।
मोरङ- जनगायिका तथा स्रष्टा मधु गुरुङद्वारा लिखित उपन्यास ‘जीवनको गीत’ एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ। बेलबारी साहित्य विकास समितिद्वारा बेलबारी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममार्फत उक्त कृतिको औपचारिक लोकार्पण सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. देवी क्षेत्री दुलाल रहनुभएको थियो। त्यस्तै साहित्यकार हर्कमान तामाङ, बेलबारी नगरप्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा कोइराला, प्राज्ञ खेम नेपाली, प्रा.डा. बद्रीविशाल पोखरेल, अग्रज स्रष्टा तथा राजनीतिकर्मी इरान राई, कवि तथा आख्यानकार डा. छवि वैरागी घिमिरे, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक सहित अनेक साहित्यिक तथा सांस्कृतिक व्यक्तित्वको उपस्थिति कार्यक्रमका मुख्य आकर्षण बने।
उपन्यासकार मधु गुरुङको परिचय अग्रज स्रष्टा इरान राईले प्रस्तुत गर्नुभयो। त्यसपछि कृतिको समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै प्रा.डा. बद्रीविशाल पोखरेलले उपन्यासमा चित्रित जीवन–संघर्ष, पात्र निर्माण र सामाजिक पृष्ठभूमिको कलात्मक अभिव्यक्तिलाई विशेष सराहना गर्नुभयो।
कार्यक्रममा धनजित पराजुली, डिल्लीराम ओझा, किशोर कोइराला, नवराज पोखरेल ‘नवशिला’, चिरञ्जीवी काफ्ले, प्रकाश भट्टराई, शान्ति पाख्रिन, टेकराज एक्चाइ मगर, शेरबहादुर खपाङ्गी, गोपाल नेपाल, मनकुमार गुरुङ, शेखर थापा मगर, प्रेम गुरुङलगायतका स्रष्टा तथा कलाकारहरूको उल्लेखनीय उपस्थिति थियो।
त्यसैगरी भरत बर्बरिक, किशोर कोइराला, नवराज पोखरेल ‘नवशिला’, रिजाल विनोद, चन्द्रमाया खड्का, दीपा दीपहरि, खेमराज आचार्य, मैया बिक, चिरञ्जीवी काफ्ले, नवीन थापा लगायतका सर्जकहरूले रचना वाचन प्रस्तुत गर्दै समारोहलाई झनै साहित्यिक चमक प्रदान गरे।
कार्यक्रममा उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रम बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन संगीतकर्मी जेबी थुलुङले गर्नुभएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









