+
+

चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै

4 पटक हेरिएको
Clock २०८३ जेष्ठ ७, बिहीबार १७:०१
-- Sponsored --

AI सारांश

Fast AI

१. झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार केन्द्र बन्दै गएको छ।
२. नेपाली सेनाको प्राविधिक सहयोग र स्थानीय समुदायको व्यवस्थापनमा सञ्चालित उक्त केन्द्र पीडितका लागि भरोसा बन्न थालेको हो ।
३. विसं २०६१ मा स्थापना भएको यस केन्द्रबाट हालसम्ममा २१ हजार ७८६ जनाले उपचार सेवा लिइसकेका छन्।

झापा, ७ जेठ: झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार केन्द्र बन्दै गएको छ। गर्मीयामसँगै पूर्वी नेपालका तराई तथा पहाडी क्षेत्रमा सर्पदंशका घटनामा उल्लेख्य वृद्धि हुने गरेका छन्। यहाँ गोमन, करेत, भाइपर र गुर्बे जस्ता यस क्षेत्रमा बर्सेनि सयौँ नागरिक बिरामी हुने गरेका छन्।

नेपाली सेनाको प्राविधिक सहयोग र स्थानीय समुदायको व्यवस्थापनमा सञ्चालित उक्त केन्द्र पीडितका लागि भरोसा बन्न थालेको हो । विसं २०६१ मा स्थापना भएको यस केन्द्रबाट हालसम्ममा २१ हजार ७८६ जनाले उपचार सेवा लिइसकेका छन्।

केन्द्र सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराईका अनुसार पछिल्लो चार वर्षमा नेपाली सेनाको अरिदमन गणस्थित यस केन्द्रमा तीन हजार ८०० जनाले उपचार गराएका छन्। गत वैशाखमा मात्रै यहाँ सर्पले डसेका ४७ जना बिरामीको उपचार गरिएको छ। २१ शय्या क्षमताको यस केन्द्रमा चार जना प्राविधिक कार्यरत छन् । यहाँ उपचार गराइरहेका बिरामीलाई थप जटिलता आएमा भद्रपुरस्थित प्रादेशिक अस्पतालले आवश्यकताअनुसार निःशुल्क सघन उपचार कक्ष (आइसियू) सेवा उपलब्ध गराउँदै आएको छ ।

केही वर्षयता तराईमा मात्र नभई इलाम, पाँचथरलगायत पहाडी जिल्लामा समेत सर्पदंशका घटना बढ्दै गएका छन्। नेपालमा पाइने ८९ प्रजातिका सर्पमध्ये १७ प्रजाति विषालु छन्, जसमा सबैभन्दा बढी विषालु गोमनका तीन प्रजाति पर्दछन्।

पहिले तराईमा मात्रै सीमित गोमन सर्प अचेल पहाडी भूभागमा समेत देखिन थालेको छ। खानेपानीको पाइप, काठ तथा अन्य सामग्रीमा बेरिएर बसेका तराईका सर्पहरू मालवाहक ट्रक तथा अन्य सवारीसाधनमार्फत पहाड पुग्ने गरेको केन्द्रका अध्यक्ष भट्टराईले बताउनुभयो। पहाडी क्षेत्रमा भने विशेष गरी ‘गुर्बे’ नामक सर्पको बिगबिगी छ ।

उहाँका अनुसार गोमनले डस्दा मानव शरीरमा २०० मिलिग्रामसम्म विष फैलाउन सक्ने क्षमता हुन्छ। करेतले १२ मिलिग्रामसम्म विष फाल्न सक्छ। गोमन वा करेतको १२ मिलिग्राम विष मात्रै शरीरमा प्रवेश गरे पनि मानिस बेहोस हुने हुन्छ। गुर्बे र हरेउले १५० मिलिग्रामसम्म विष फाल्न सक्छन्। तराईमा गोमन, करेत र भाइपरको टोकाइ ज्यानमारा हुने गर्दछ भने पहाडको गुर्बेले मानिसलाई गम्भीर बिरामी तुल्याउँछ।

प्राविधिकहरूका अनुसार गोमन र करेत जस्ता विषालु सर्प घर वरपरको घाँस, पतकर, दुलो, ओछ्यान, बाकस र झोलाहरूमा लुकेर बस्ने गर्छन्। असावधानीवश छुँदा वा टेक्दा सर्पले डस्ने गरेका छन्।

यस्तै, पहाडमा पाइने गुर्बे सर्प भने घाँसमा बेरिएर बस्ने भएकाले घाँस दाउरा गर्न जाने स्थानीय बढी निशानामा पर्ने गरेका छन्।

अध्यक्ष भट्टराईले सर्पले डसेका बिरामीलाई धामीझाँक्री वा झारफुकको भ्रममा पारेर समय बर्बाद नगर्न आग्रह गर्नुभएको छ । सर्पदंश भएका व्यक्तिलाई जतिसक्दो चाँडो चारआली सर्पदंश उपचार केन्द्र वा नजिकैको अस्पताल पुर्याउन सके अकाल मृत्युबाट जोगाउन सकिने उहाँको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win