0 प्रतिक्रिया
अमर लावतीलाई कोरियाको आर्थिक सहयोग
रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक–१ यासोक स्थीत सुब्जानीका गंगा प्रसाद लावती (अमर) लाई पापोहाङ लावती सयङ प्रवास कोरियाले आर्थिक सहयोग गरेको छ। खुट्टा भाँचिएर उपचार गर्दै आएका अमरलाई लावती सयङ प्रवासले संकलन गरेको १ लाख ५ हजार दुई सय रुपैयाँ वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले हस्तान्त्रण गरेका थिए। गाउँपालिकाले संचालन गरेको प्रधानमन्त्री स्वरोजगारको कार्यक्रममा सहभागी लावतीको गत फागुनमा सडक निर्माणको क्रममा दाहिने खुट्टा भाँचिएको थियो । खुट्टा भाँचिएपछि आर्थिक अवस्था कमजोर भएका उनलाई लवाती सयङ प्रवास दक्षिण कोरियाबाट कृष्ण लावतीको संयोजनमा संकलित रकम वडा कार्यालयको समन्वयमा पीडित लावतीलाई हस्तान्त्रण गरिएको वडाअध्यक्ष लावतीले बताए ।
यस अघि पनि कुम्मायक गाउँपालिकाले लावतीको उपचारका लागि सहयोग गरेको थियो। आर्थिक अवस्था कमजोर भएका लावतीको घरमा फुसको छानो हटाउन वडाले पहल गर्ने भएको छ। लावतीलाई नि:शुल्क जस्तापाता उपलब्ध गराउँने र स्थानीयले जनश्रमदान गरी सहयोग गर्ने स्थानीय समाजसेवी जकेन्द्र लावतीले बताए। परिवारको अभिभावक थला परेको भन्दै वडाको सहयोगमा फुुसको छानो हटाएर जस्तापाताको छानो लगाउन समुदायले जनसहभागिता जुटाउने लावतीको भनाइ छ।












