0 प्रतिक्रिया
अन्ततः पाकिस्तानले भारतसँगको क्रिकेट दुबईमा खेल्ने
AI सारांश
Fast AI१. पाकिस्तानले आईसीसी च्याम्पियन्स ट्रफी भारतसँग खेल्नका लागि तटस्थ स्थानको रूपमा दुबईलाई रोजेको छ।
२. भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सरकारी सल्लाहलाई उद्धृत गर्दै च्याम्पियन्स ट्रफीका लागि आफ्नो टोली पाकिस्तान नपठाउने निर्णय गरेको थियो।
३. आठ टोलीको च्याम्पियन्स ट्रफी अर्को वर्ष फेब्रुअरी र मार्चमा हुने भएको छ।
इस्लामबाद, ८ पुस । पाकिस्तानले आईसीसी च्याम्पियन्स ट्रफी भारतसँग खेल्नका लागि तटस्थ स्थानको रूपमा दुबईलाई रोजेको छ ।
आयोजक पाकिस्तानले आफ्ना प्रतिद्वन्द्वीका लागि खाडी राष्ट्रलाई तटस्थ स्थानको रूपमा चयन गरेपछि भारतले अर्को वर्ष युएईमा च्याम्पियन्स ट्रफी खेल खेल्ने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ।
तिक्त राजनीतिक सम्बन्धका कारण सन् २००८ देखि भारतीय टोलीले पाकिस्तान भ्रमण गरेका छैनन् । र, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सरकारी सल्लाहलाई उद्धृत गर्दै च्याम्पियन्स ट्रफीका लागि आफ्नो टोली पाकिस्तान नपठाउने निर्णय गरेको थियो ।
गत वर्ष ५० ओभरको आईसीसी विश्वकपका लागि पाकिस्तानले भारत भ्रमण गरे पनि भारत भने पाकिस्तान जान अस्विकार गरिरहेको छ । दुई देशले बहु टोली प्रतियोगितामा मात्र एकअर्कासँग खेल्दै आएका छन ।
‘पाकिस्तान क्रिकेट बोर्डले संयुक्त अरब इमिरेट्स (युएई) लाई तटस्थ स्थानको रूपमा रोजेको छ,’ पीसीबीका प्रवक्ता अमिर मिरले जानकारी दिदैँ भने । आठ टोलीको च्याम्पियन्स ट्रफी अर्को वर्ष फेब्रुअरी र मार्चमा हुदैँछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









