0 प्रतिक्रिया
नेपाल निजामती कर्मचारी युनियन फाल्गुनन्दको अध्यक्षमा राजेन्द्र लुइटेल चयन
AI सारांश
Fast AI१. पाँचथर-नेपाल निजामती कर्मचारी युनियन फाल्गुनन्द गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ।
२. अधिवेशनबाट राजेन्द्र लुइटेल अध्यक्ष पदमा निर्वाचित भएका छन् भने उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र कार्यसमिति सदस्यहरू पनि चयन भएका छन्।
३. अधिवेशनले निजामती कर्मचारीहरूको हक, अधिकार र सेवा–सुविधाका लागि सक्रिय पहल गर्ने निर्णय गरेको छ।
पाँचथर-नेपाल निजामती कर्मचारी युनियन फाल्गुनन्द गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट राजेन्द्र लुइटेल अध्यक्ष पदमा निर्वाचित भएका छन्। उपाध्यक्षमा बालकृष्ण दाहाल र दिलमाया चेम्जोङ, सचिवमा राजकुमार श्रेष्ठ, सहसचिवमा जुनु रिजाल र कोषाध्यक्षमा दिपेश आङदेम्बे चयन भएका छन्।
नयाँ कार्यसमिति सदस्यहरू ऋषिकेश तुम्रोक, सुगम घिमिरे, सुनिता कुगेनाम्बा, आइन्द्र फुयाल, बिनोद पोखरेल, राधिका नेम्बाङ र दर्पण अधिकारी चयन भएका छन्। अधिवेशनले निजामती कर्मचारीहरूको हक, अधिकार र सेवा–सुविधाका लागि सक्रिय पहल गर्ने निर्णय गरेको छ।
फाल्गुनन्द गाउँपालिकाका कर्मचारीहरूको हकहित प्रवर्द्धन गर्ने उद्देश्यले गठित यस कर्मचारी संगठनले अधिकार संरक्षण तथा सेवा सुधारमा काम गर्ने प्रतिबद्धता जनाएको छ। अधिवेशनमा सहभागी सदस्यहरूले संगठनलाई अझ प्रभावकारी बनाउने उपायहरूबारे छलफल गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









