+
+

प्रहरीका पाँच एसएसपीको सरुवा, ललितपुर परिसरमा अधिकारी

36 पटक हेरिएको
Clock २०८१ पुष १७, बुधबार १३:२४
-- Sponsored --

AI सारांश

Fast AI

१. नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ।
२. उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरे पुगेका छन् भने भरतपुर शिक्षालयमा भुपेन्द्रबहादुर खत्रीलाई पठाइएको छ।
३. ललितपुर परिसरमा रहेका शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पठाइएको छ।

काठमाडौं –  नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ।

मंगलबार राति प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाँच एसएसपीहरूको सरुवा गरेको हो।

सरुवा अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरे पुगेका छन्।

काठमाडौं परिसरबाट छोटो समयमै सरुवा गरेर थन्क्याइएका एसएसपी भुपेन्द्रबहादुर खत्रीलाई भरतपुर शिक्षालयमा पठाइएको छ।

ललितपुर परिसरमा रहेका शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पठाइएको छ।

ललितपुर परिसरमा एसएसपी श्यामकृष्ण अधिकारीलाई पठाइएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंलाई भने चलाइएको छैन। एसएसपी वसन्तबहादुर रजौरेलाई हटाएर आफू जान केही एसएसपीले ‘लिगलिगे’ दौड जारी राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win