+
+

नेपाल बुद्धिजीवी परिषद् पाँचथरको पाँचौं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षतामा भट्टराई चयन

184 पटक हेरिएको
Clock २०८१ फाल्गुन १६, शुक्रबार २२:१६
-- Sponsored --

AI सारांश

Fast AI

नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति पाँचथरको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पिताम्बर भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। यस अधिवेशनमा परिषद्को सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो र छलफलपछि दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष पिताम्बर भट्टराईले परिषद्लाई अझ संगठित, जिम्मेवार र जनमुखी बनाउन सबै सदस्यहरूको सक्रियता अपरिहार्य रहेको बताउँदै आगामी दिनमा परिषद्लाई सशक्त बनाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अधिवेशनले परिषद्को आगामी कार्यदिशा तय गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समग्र विकासमा बुद्धिजीवी वर्गको प्रभावकारी भूमिका सुनिश्चित गर्ने निर्णय गरेको छ।

पाँचथर– नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति पाँचथरको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पिताम्बर भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा टंक अधिकारी, सचिवमा जेभी चाम्लिङ राई, कोषाध्यक्षमा रेशा रिजाल, सह-सचिवमा अभि भारती र निर्मला काफ्ले चयन भएका छन्। सदस्यहरूमा यज्ञ तामाङ, वेदनिधि खनाल, पदम नेम्वाङ, सन्तकुमार तामाङ, केदार खड्का, थल प्रसाद ढुंगेल, मित्र प्रसाद अधिकारी, बम प्रसाद चेम्जोङ र बिरेन्द्र पोख्रेल चयन भएका छन्।

कार्यक्रममा प्रमुख अतिथि नेपाल बुद्धिजीवी परिषद्‌का केन्द्रीय सदस्य लिला रिजाल रहनुभएको थियो । अधिवेशनमा परिषद्को सांगठनिक प्रतिवेदन अध्यक्ष ऋषिराम गजुरेलले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष टंक प्रसाद अधिकारीले प्रस्तुत गरेका थिए। छलफलपछि दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो।

कार्यक्रममा प्रदेश कमिटी सदस्य नरबहादुर गुरुङ, जिल्ला कमिटी सचिव पृथ्वी लावती, उपसचिव तुलसी थापा, परिषद्का केन्द्रीय सदस्य हिमाल तिम्सिना, सचिवालय सदस्य जेपी केरुङ, सदस्यहरू खगेन्द्र बाँसकोटा, गायत्री रिजाल, रेशा रिजाल तथा जिल्ला सल्लाहकार सदस्य महेन्द्र लुइँटेल र युधिष्ठिर आमगाइ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि लिला रिजालले परिषद्ले बौद्धिक वर्गलाई संगठित गर्दै समाज रूपान्तरण, नीति निर्माण र राष्ट्र निर्माणमा खेल्नुपर्ने भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। नवनिर्वाचित अध्यक्ष पिताम्बर भट्टराईले परिषद्लाई अझ संगठित, जिम्मेवार र जनमुखी बनाउन सबै सदस्यहरूको सक्रियता अपरिहार्य रहेको बताउँदै आगामी दिनमा परिषद्लाई सशक्त बनाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अधिवेशनले परिषद्को आगामी कार्यदिशा तय गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समग्र विकासमा बुद्धिजीवी वर्गको प्रभावकारी भूमिका सुनिश्चित गर्ने निर्णय गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win