+
+

फाल्गुनन्द गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरूबीच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

75 पटक हेरिएको
Clock २०८२ पुष ९, बुधबार २१:४५
-- Sponsored --

AI सारांश

Fast AI

फाल्गुनन्द गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरु बीच हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। यस प्रतियोगितामा फाल्गुनन्द गाउँपालिकाका ११ वटा सामुदायिक र एउटा संस्थागत गरी १२ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए। प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई नगद पुरस्कार, कप, मेडल, र प्रमाणपत्र प्रदान गरिएको थियो।

निम्नलिखित ३ वटा बुँदामा यस समाचारलाई सारांशित गरिएको छ:

* फाल्गुनन्द गाउँपालिकाका माध्यमिक विद्यालयहरु बीच हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।
* सिद्धदेवी मावि नवमीडाँडा प्रथम, जयनारायण आदर्श मावि मेहेलबोटे द्धितिय, सारताप मनोरत्न मावि तृतीय र जनकल्याण मावि फाक्तेपले सान्त्वना स्थान प्राप्त गरेका छन्।
* प्रतियोगिताका विजेता विद्यालयहरुलाई क्रमशः नगद ९ हजार, ७ हजार, ५ हजार र ३ हजार साथै सहभागी सम्पूर्ण विद्यालयहरुलाई यातायात खर्च र सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

दिपक दुलाल, पौष ९
पाँचथरको फाल्गुनन्द गाउँपालिका अन्तरगतका माध्यमिक विद्यालयहरु बिच हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम फाल्गुनन्द ३ स्थित जलसिंह माध्यमिक विद्यालय चिम्फुलामा सम्पन्न भएको छ ।
फाल्गुनन्द गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो।
फाल्गुनन्द गाउँपालिकाका ११ वटा सामुदायिक र एउटा संस्थागत गरी १२ वटा माध्यमिक विद्यालयका कक्षा ९—१२ का विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा सिद्धदेवी मावि नवमीडाँडा प्रथम, जयनारायण आदर्श मावि मेहेलबोटे द्धितिय, सारताप मनोरत्न मावि तृतीय र जनकल्याण मावि फाक्तेपले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जलसिंह माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणि कुमार लावती, विशेष अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष प्रेम बहादुर तामाङ, फाल्गुनन्द गाउँपालिका शिक्षा युवा, तथा खेलकुद शाखा प्रमुख मेदनी प्रसाइ लगायतले नगद पुरस्कार तथा कप, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयहरुलाई क्रमशः नगद ९ हजार, ७ हजार, ५ हजार र ३ हजार साथै सहभागी सम्पूर्ण विद्यालयहरुलाई यातायात खर्च र सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रम जलसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्र प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win