+
+

फाल्गुनमा पाँचौं संस्करण पाँचथर गोल्डकप हुने

186 पटक हेरिएको
Clock २०८१ पुष १, सोमबार ११:३३
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको पाँचौं संस्करण फाल्गुन महिनामा आयोजना हुने भएको छ।
२. यसपटकको गोल्डकपमा आठ टोली सहभागी हुनेछन्, जसमा एक अन्तर्राष्ट्रिय टोली पनि समावेश हुने बताइएको छ।
३. प्रतियोगिताको पुरस्कार राशिको घोषणा पछि गरिनेछ भने सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, र उदीयमान खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

पाँचथर । पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको पाँचौं संस्करण फाल्गुन महिनामा हुने भएको छ। आयोजक पाँचथर क्लबले आइतबार फिदिममा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको हो।

प्रतियोगिता फिदिम मावि खेलमैदानमा आयोजना हुनेछ भने मिति केही समयपछि तय गरिने क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए। यसपटकको गोल्डकपमा आठ टोली सहभागी हुनेछन्, जसमा एक अन्तर्राष्ट्रिय टोली पनि समावेश हुने बताइएको छ। आयोजकको एक टिमसहित झापा, मोरङका स्थानीय क्लबहरू, ए डिभिजन लिग खेल्ने टोलीहरू, र एनएसएल खेल्ने टोलीलाई सहभागी गराउने प्रयास भइरहेको अध्यक्ष तुम्रोकले बताए।

प्रतियोगिताको पुरस्कार राशिको घोषणा भने पछि गरिनेछ। सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, र उदीयमान खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

गत वर्षको चौथो संस्करणमा त्रिभुवन आर्मी फुटबल क्लबले उपाधि जितेको थियो। यसपटकको प्रतियोगिता पनि झन् रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win