Comments Add Comment

फाल्गुनमा पाँचौं संस्करण पाँचथर गोल्डकप हुने

पाँचथर । पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको पाँचौं संस्करण फाल्गुन महिनामा हुने भएको छ। आयोजक पाँचथर क्लबले आइतबार फिदिममा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको हो।

प्रतियोगिता फिदिम मावि खेलमैदानमा आयोजना हुनेछ भने मिति केही समयपछि तय गरिने क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए। यसपटकको गोल्डकपमा आठ टोली सहभागी हुनेछन्, जसमा एक अन्तर्राष्ट्रिय टोली पनि समावेश हुने बताइएको छ। आयोजकको एक टिमसहित झापा, मोरङका स्थानीय क्लबहरू, ए डिभिजन लिग खेल्ने टोलीहरू, र एनएसएल खेल्ने टोलीलाई सहभागी गराउने प्रयास भइरहेको अध्यक्ष तुम्रोकले बताए।

प्रतियोगिताको पुरस्कार राशिको घोषणा भने पछि गरिनेछ। सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, र उदीयमान खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

गत वर्षको चौथो संस्करणमा त्रिभुवन आर्मी फुटबल क्लबले उपाधि जितेको थियो। यसपटकको प्रतियोगिता पनि झन् रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै