0 प्रतिक्रिया
हेवाखोलामा मोडुलर ब्रिज भाँचिँदा घाइते भएका तीन मजदुरको उपचारकै क्रममा मृत्यु
AI सारांश
Fast AI१. पाँचथरको हेवाखोलामा निर्माणधीन बेलिब्रिज भाँचिँदा गम्भीर घाइते भएका तीन युवाको उपचारका क्रममा ज्यान गएको छ।
२. बारा जिल्ला सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको नोवेल मेडिकल कलेज, बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो।
३. दुर्घटनाको कारणबारे हाल अनुसन्धान भइरहेको छ र स्थानीयवासीहरूले घटनाको जिम्मेवारी निर्माण कम्पनी र प्राविधिक निकायले लिनुपर्ने माग गरेका छन्।
पाँचथर-पाँचथरको हेवाखोलामा निर्माणधीन बेलिब्रिज (झोलुंगे पुल) भाँचिँदा गम्भीर घाइते भएका तीन युवाको उपचारका क्रममा ज्यान गएको छ। बारा जिल्ला सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको नोवेल मेडिकल कलेज, बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। तीनै जना पुल निर्माणको काममा खटिएका थिए।
दुर्घटनापछि गम्भीर अवस्थामा रहेका उनीहरूलाई साँझ विराटनगरस्थित सुविधा सम्पन्न अस्पतालतर्फ रेफर गरिएको थियो। रूपलाल चौधरीलाई साँझ ८ बजे, राजन चौधरीलाई ८:४० बजे र राकेश चौधरीलाई ७:४५ बजे बिराटनगर पठाइएको थियो। उनीहरूलाई मिति २०८२ असार १ गते राति १२:५० बजे अस्पताल पुर्याइएपछि डाक्टरले क्रमशः १:०५ बजे, १:१० बजे र १:१५ बजे मृत घोषणा गरेका हुन्।
दुर्घटनाको कारणबारे हाल अनुसन्धान भइरहेको जनाइएको छ। निर्माणको क्रममा आवश्यक सावधानी नअपनाइएको आशंका गरिँदैछ। स्थानीयवासीहरूले घटनाको जिम्मेवारी निर्माण कम्पनी र प्राविधिक निकायले लिनुपर्ने माग गरेका छन्। मृतकहरूको शव नोवेल मेडिकल कलेज टिचिङ अस्पताल, बिराटनगरमा राखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









