बेलबारी (मोरङ), १८ जेठः विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबारदेखि यहाँ बाल कला साहित्य महोत्सव जारी छ । दुईदिने महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला, चित्रकला, नृत्यकलाका कार्यशाला हुनेछन् ।
बेलबारी बहुमुखी क्याम्पस परिसरमा जारी महोत्सवका निम्ति बेलबारी नगरपालिकाले रु चार लाख ८० हजार अनुदान दिएको हो । महोत्सवको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले नगरको प्राज्ञिक उन्नयनका लागि क्रियाशील बेलबारी प्रज्ञा प्रतिष्ठानले बालबालिकाको सृजनाशीलता विकासमा जोड दिँदै नगरपालिकासँग सहकार्य गरेकामा त्यसको सराहना गर्नुभयो ।
प्राध्यापक टङ्कप्रसाद न्यौपानेले प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठान नभए पनि केही पालिकामा प्रज्ञा प्रतिष्ठान स्थापना हुनु सुखद भएको बताउँदै भाषा, साहित्य कलाको संरक्षण एवं विकासका निम्ति काम गर्न सबै पालिकालाई सुझाव दिनुभयो ।
–––
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
३
असन्तुष्ट कर्मचारीको ध्यानाकर्षण पत्र, कर्मचारीलाई काखा र पाखा नगर्न सुझाव
२०८१ कात्तिक १ गते , बिहिबार
४
रौतहटमा चोरीको ३ मोटरसाईकल सहित ३ चोर पक्राउ, लाखौंको सामान बरामद
२०८१ अषोज ३० गते , बुधबार
५
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र
२०८१ अषोज २५ गते , शुक्रबार
६
कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व
२०८१ अषोज २४ गते , बिहिबार
सम्बन्धित खवर
Advertisment