0 प्रतिक्रिया
श्रीमतीको टाउकोमा कोदालो प्रहार गरेर हत्या गर्ने श्रीमान् फिदिमबाट पक्राउ
AI सारांश
Fast AI१. फालेलुङ गाउँपालिका–७ का २७ वर्षीय महेन्द्र तामाङले आफ्नी २१ वर्षीया श्रीमती अनु राईको टाउकोमा कोदालो प्रहार गरी हत्या गरेका हुन्।
२. घटनापछि गम्भीर घाइते भएकी अनु राईलाई जिल्ला अस्पताल पाँचथरमा प्राथमिक उपचारपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो।
३. हत्या पछि फरार रहेका महेन्द्र तामाङको खोजीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक (प्र.नि.) को कमाण्डमा टोली परिचालन गरिएको थियो।
पाँचथर
पाँचथरको फिदिममा एक युवतीको हत्या आरोपमा उनका श्रीमान् पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फालेलुङ गाउँपालिका–७ का २७ वर्षीय महेन्द्र तामाङले आफ्नी २१ वर्षीया श्रीमती अनु राईको टाउकोमा कोदालो प्रहार गरी हत्या गरेका हुन्।
मिति २०८२ साउन १५ गते राति करिब १०:०० बजेको समयमा फिदिम न.पा. १ नाम्दु स्थित ससुराली घर नजिकै महेन्द्र तामाङले श्रीमती अनु राईमाथि कोदालोको पासोले टाउकोमा गम्भीर प्रहार गरेका थिए।
घटनापछि गम्भीर घाइते भएकी अनु राईलाई जिल्ला अस्पताल पाँचथरमा प्राथमिक उपचारपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो।
तर, टाउकोको गहिरो चोटका कारण अस्पतालमा पुर्याई चेकजाँच गर्दा २०८२ साउन १६ गते बिहान ०४:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
हत्या पछि फरार रहेका महेन्द्र तामाङको खोजीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक (प्र.नि.) को कमाण्डमा टोली परिचालन गरिएको थियो। खोजतलासकै क्रममा फिदिम नगरपालिका–६ स्थित गोठगाउँमा लुकीछिपी बसेको अवस्थामा उनी १६ गते बिहान ७:४७ बजे फिदिम नं. पा. ६, गोलेगाउँबाट पक्राउ परेका हुन्।
हाल उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









