+
+

डढेलो रोकथामका लागि ‘पहिले थुन्ने, अनि सुन्ने’ प्रशासनको रणनीति

74 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ फाल्गुन १३, मंगलवार १३:३९
-- Sponsored --

AI सारांश

Fast AI

यहाँ यस नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश दिएको छ:

१. पाँचथरमा प्रशासनले वन डढेलो रोकथामका लागि 'पहिले थुन्ने, अनि सुन्ने' रणनीति लिएको छ, जसअनुसार वनमा आगो लगाउने कार्यमा संलग्न व्यक्तिहरुलाई अनिवार्य रुपमा पक्राउ गर्ने नीति लिने भएको छ।

२. वन डढेलो रोकथामका लागि सुरक्षा निकायले कठोर कदम चाल्ने स्पष्ट पार्नुभयो, र सामुदायिक वन उपभोक्ता समितिहरुले आफ्नो वन क्षेत्रको सुरक्षा आफैंले गर्ने, वनका उपभोक्तालाई सचेत गराउने र डढेलोको जानकारी चाँडोभन्दा चाँडो सुरक्षा निकायलाई दिने ब्यवस्था गर्न सुझाव दिनुभयो।

३. वन डढेलो नियन्त्रणका लागि वनहरुमा पानी पोखरी निर्माण गर्ने, झाडी सफाइ गर्ने, अग्नी रेखा निर्माण गर्ने, वन डढेलो नियन्त्रण सञ्जाल बनाउने, र डढेलो नियन्त्रणसम्बन्धी तालिम सञ्चालन गर्ने समन्वय बैठकले निर्णय गरेको छ।

पाँचथर, १२ फागुनः
वन डढेलो लाग्नबाट रोक्न पाँचथरमा प्रशासनले ‘पहिले थुन्न, अनि सुन्ने’ रणनीति लिएको छ । वनहरुमा नियोजित रुपमा डढेलो लगाइने अघिल्ला वर्षका घटनाबाट पाठ सिक्दै प्रशासनले यस्तो रणनीति लिएको हो।
पाँचथरमा प्रशासनले वन जङ्गलमा आगो लगाउने कार्यमा संलग्नताको आशंका गरिएका व्यक्तिहरुलाई अनिवार्य रुपमा पक्राउ गर्ने नीति लिने भएको हो। वनमा आगो लगाउने कार्यमा संलग्नमाथि कानूनी कारबाही नहुँदा त्यस्ता घटनाले प्रोत्साहन पाएको गुनासो सरोकारवालाले गर्ने गरेका छन। यस वर्ष नियोजित रुपमा वन जङ्गलमा आगो लगाउनेमाथि कडाइ गर्न प्रशासनले ‘पहिलो थुन्ने, पछि सुन्ने’ नीति लिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जानकारी दिनुभयो।
आइतवार डिभिजन वन कार्यालय पाँचथरले आयोजना गरेको वन डढेलो रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनसम्बन्धी समन्वय बैठकमा प्रमुख जिल्ला अधिकारी कोइराला र प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीले वन डढेलो रोकथामका लागि सुरक्षा निकायले कठोर कदम चाल्ने स्पष्ट पार्नुभयो । “डढेलो लगाउने कार्यमा संलग्न जोकोहीलाई नियन्त्रणमा लिने र कानूनी कारबाही अगाडि बढाउने योजना सुरक्षा समितिले बनाइसकेको छ”, प्रमुख जिल्ला अधिकारी कोइरालाले भन्नुभयो।
प्रहरी नायव उपरीक्षक बुढाथोकीले सामुदायिक वन उपभोक्ता समितिहरुले आफ्नो वन क्षेत्रको सुरक्षा आफैंले गर्ने, वनका उपभोक्तालाई सचेत गराउने र डढेलोको जानकारी चाँडोभन्दा चाँडो सुरक्षा निकायलाई दिने ब्यवस्था गर्न सुझाव दिनुभयो। जिल्ला प्रहरी कार्यालय पाँचथरले यस वर्षमात्रै जिल्लाका सुक्खा क्षेत्रका तीन हजार २६५ घरमा सचेतनाका कार्यक्रम सम्पन्न गरेको प्रनाउ बुढाथोकीले वताउनुभयो।
सामुदायिक वन उपभोक्ता महासंघ पाँचथरका अध्यक्ष राजेन्द्रप्रसाद काफ्लेका अनुसार सल्लाका रुख भएका सामुदायिक वनहरुमा डढेलो नियन्त्रण चुनौतिपूर्ण हुने गरेको छ। यस्तै सखुवाको रुख भएका वनमा आगो लामो समयसम्म रहने गरेको छ। हावाहुरीका कारण वनमा लाग्ने डढेलो गाउँ वस्तीमा पस्दा धेरै क्षति पुग्ने गरेको छ। सामुदायिक वनहरुले अग्नी रेखा निर्माण गरी वनमा लाग्ने आगो वस्तीमा पस्नबाट रोक्ने प्रयास गरेपनि सफल नहुँदा धेरै क्षति हुने गरेको उहाँले वताउनुभयो।
नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाका कार्यक्रम संयोजक गुरुराज तिम्सिना सबै वनहरुमा पानी पोखरी निर्माण गर्न सके वन डढेलो नियन्त्रण सहज हुने वताउनुहुन्छ। “भीरालो जमिनमा डढेलो नियन्त्रण धेरै चुनौतिपूर्ण हुने हुँदा सबै वनहरुमा पोखरी निर्माण गर्ने तथा पम्पको ब्यवस्था गर्नु आवश्यक छ”, तिम्सिनाले भन्नुभयो।
वन डढेलो नियन्त्रणका लागि सचतनामूलक सन्देशको ब्यापक प्रचार-प्रसार गर्ने, वनहरुमा रहेको झाडी सफाइ गर्ने, अग्नी रेखा निर्माण गर्ने, वन डढेलो नियन्त्रण सञ्जाल बनाउने, डढेलो नियन्त्रणसम्बन्धी तालिम सञ्चालन गर्ने समन्वय बैठकले निर्णय गरेको डिभिजन वन कार्यालय पाँचथरका प्रमुख पशुपति दाहालले जानकारी दिनुभयो। डिभिजन प्रमुख दाहालका अनुसार डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री खरीद तथा ब्यवस्थापन गर्ने, स्थानीय तहहरुमार्फत डढेलो रोकथाम र नियन्त्रणका कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत बैठकले गरको छ।
पाँचथरको तुम्बेवा, कुम्मायक र हिलिहाङ गाउँपालिका तथा फिदिम नगरपालिकाका केही वडाहरु सुक्खाले अत्यधिक प्रभावित छन। यी स्थानसहित अन्य स्थानीय तहमा समेत वर्षेनि डढेलो लाग्ने गरेको छ। जङ्गलमा लागेको आगो वस्तीमा फैलँदा वर्षेनि ठूलो क्षति हुने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win