0 प्रतिक्रिया
एआई डिजिटल एक्सरे प्रविद्धिारा क्षयरोग खोजपड्ताल निशुल्क सञ्चालन हुदै
AI सारांश
Fast AIयस नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:
* पाँचथर जिल्लामा पहिलो पटक एआई डिजिटल एक्सरे प्रविधिद्धारा निशुल्क खोजपड्ताल शिविर सञ्चालन गरिने।
* फिदिम नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा फिदिम नगरपालिकाले असार तिन गते एक दिन एआई डिजिटल प्रविधि एक्सरेद्धारा क्षयरोगको पहिचान सम्बन्धी निशुल्क शिविर सञ्चालन गर्न लागेको छ।
* क्षयरोग माइक्रोव्याक्टेरियम ट्युबरक्लोसिस नामक किटाणुबाट सर्ने सरुवा रोग हो, नेपालमा बर्षेनि ६८ हजार क्षयरोगका नयाँ बिराम हुने गर्दछन् भने औषधी कमीका कारण एक दिन मात्र क्षयरोग पहिचान सम्बन्धी शिविर सञ्चालन गर्न सकिएको छ।
पाँचथर । पाँचथर जिल्लामै पहिलो पटक एआई डिजिटल एक्सरे प्रविधिद्धारा निशुल्क खोजपड्ताल शिविर सञ्चालन हुदैछ ।
फिदिम नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा फिदिम नगरपालिकाले असार तिन गते एक दिन एआई डिजिटल प्रविधि एक्सरेद्धारा क्षयरोगको पहिचान सम्बन्धी निशुल्क शिविर सञ्चालन गर्न लागेको हो ।
उक्त शिविरमा ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक,क्षयरोग प्रभावित व्यक्तिको सम्पर्कमा आएका व्यक्ति, मधुमेह, क्यान्सर, मृगौला रोगी जस्ता दिर्र्घ रोगीका बिरामीहरु, कुपोषित बालबालिका तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको परिक्षण गरिने पत्रकार सम्मेलन मार्फत फिदिम नगरपालिका स्वास्थ्य शाखाका प्रमुख ओम प्रकाश यादवले जानकारी दिनुभयो ।
स्रोत साधन कमीका कारण एक दिन मात्र क्षयरोग पहिचान सम्बन्धी शिविर सञ्चालन गर्न सकिएको भन्दै आगामी वर्षमा नागरिकहरुलाई लक्षित गर्दै विभिन्न किसिमका स्वास्थ्य शिविर सञ्चालन गरिने फिदिम नगरपालिकाका नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो ।
क्षयरोग माइक्रोव्याक्टेरियम ट्युबरक्लोसिस नामक किटाणुबाट सर्ने सरुवा रोग हो । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा बर्षेनि ६८ हजार क्षयरोगका नयाँ बिराम हुने गर्दछन् । जसमध्ये बर्षेनि औसतमा मात्र ४० हजार नया बिरामीहरु राष्ट्रिय क्षयरोग कार्यक्रममा दर्ता हुने गर्दछ र बार्षिक १६ हजार बिरामीको मृत्यु हुने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









