+
+

रुस र युक्रेन बिच भयो सयौं युद्धबन्दी आदानप्रदान

71 पटक हेरिएको
Clock २०८१ पुष १६, मंगलवार ११:००
-- Sponsored --

AI सारांश

Fast AI

१. संयुक्त अरब इमिरेट्सको मध्यस्थतामा रुस र युक्रेनले सयौं युद्धबन्दी आदानप्रदान गरेका छन्।
२. युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्क्सीले १८९ युक्रेनी नागरिक घर फर्किएको बताएका छन्।
३. रिहा भएकाहरूमा अजोभस्टल र मारिउपोलका रक्षकहरू छन, जो चेर्नोबिल आणविक उर्जा केन्द्र र स्नेक आइल्याण्डमा कार्यरत रहेका थिए।

दुबई, १६ पुस । संयुक्त अरब इमिरेट्स (युएई) को मध्यस्थतामा रुस र युक्रेनले सयौं युद्धबन्दी आदानप्रदान गरेका छन्।

रुसी रक्षा मन्त्रालयले बन्धकमा राखिएका १५० युक्रेनी सैनिकलाई रुसी सेनाको बराबर संख्यामा अदला बदली गरेको बताएको छ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्क्सीले १८९ युक्रेनी नागरिक घर फर्किएको बताएका छन् । उनले भने, ‘रिहा भएकाहरूमा अजोभस्टल र मारिउपोलका रक्षकहरू छन, जो चेर्नोबिल आणविक उर्जा केन्द्र र स्नेक आइल्याण्डमा कार्यरत रहेका थिए ।’

मे २०२२ मा  रूसले दक्षिणपूर्वी युक्रेनी बन्दरगाह सहर मारिउपोललाई जित्नको लागि एक महिना लामो लडाई पछि विजयको घोषणा गरेको थियो । सो शहरको अजोभस्टल स्टिल प्लान्टको रक्षा गर्ने लडाकुहरूले आत्मसमर्पण गरेका थिए।

रुसी सेनाले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमणको सुरुमा देशको उत्तर पश्चिममा चेरनोबिल कब्जा गरेका थिए तर अहिले सहमति पछि प्लान्टको नियन्त्रण ती युक्रेनी कर्मचारीहरूलाई फिर्ता दिएका छन्।

यसैगरी, सन् २०२२ मा स्नेक आइल्याण्ड पनि कब्जामा लिएको थियो र युक्रेनी सिपाहीहरूलाई बन्दी बनाइएको थियो।

तर तीनलाइ पनि रूसी बन्दीहरूलाई साटासाट गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन। 

जेलेन्स्कीले सोमबार रिहा भएका दर्जनौं सैनिक, सार्जेन्ट, सीमा गार्ड र अफिसरमध्ये मारियुपोलमा पक्राउ परेका दुई नागरिक रहेको जानकारी दिएका छन।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win