पाँचथर । फालेलुङ गाउँपालिका वडा नं ३ र ४ को संगमस्थल सिर्लिङ्गी टारमा आयोजित दोस्रो फालेलुङ महोत्सवमा महिला मिनि म्याराथन प्रतियोगिताको उपाधि मिक्लाजुङकी पुस्पा शेर्माले उचालेकी छिन्।
प्रतियोगिताको रुट थाप्लिको सिर्लिङगी टारदेखी शुरु भई तिनसिमाना पुगेर पुनः सोही स्थानमा फर्किनुपर्ने थियो। उक्त १० किलोमिटरको रुट उनले १ घण्टा ९ मिनेटमा पार गर्दै उपाधी जितेकी हुन।
तिनसिमाना जनसेवा समाजले आयोजना गरेको महोत्सव चैत्र १८ गतेदेखी २३ गतेसम्म सञ्चालन भएको थियो। महोत्सव संगै आयोजना भएको महिला मिनि म्याराथनमा फालेलुङ–६ की सरला राईले १ घण्टा १७ मिनेटमा पार गर्दै दोस्रो स्थान हासिल गरेकि छन् भने फालेलुङ–४ की रेनुका राईले १ घण्टा १८ मिनेटमा दुरी पार गर्दै तेस्रो बनेकि छिन् ।
म्याराथन प्रतियोगिताका विजेतलाई महोत्सवको समापन समारोहमा प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्रि भुपेन्द्र राईबाट पुरस्कार वितरण गरिएको अयोजक तीन सिमाना जनसेवा समाज नेपालका अध्यक्ष लेन्जो सावदेनले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताका प्रथम, द्धितिय र तृतियलाई क्रमशः २० हजार, १० हजार, ५ हजार नगद सहित मेडल र प्रमाणपत्र वितरण गरियो।
प्रगितयोगितामा सहभागि धावकहरुलाई पनि प्रमाण पत्र वितरण गरिएको छ।
फालेलुङ महोत्सव : महिला मिनि म्याराथनमा पुस्पा शेर्माले उचालिन उपाधि


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
सम्बन्धित खवर
Advertisment