+
+

एथलेटिक्स संघ पाँचथरद्वारा शेर्मालाई सम्मान, बुढासुब्बा ट्रेनिङ सेन्टरलाई कदरपत्र

590 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ फाल्गुन ८, शुक्रबार २१:४३
-- Sponsored --

पाँचथर — जिल्ला एथलेटिक्स संघ पाँचथरले मिति २०८२ साल फागुन ८ गते धरान–८, सभागृह मार्गमा एक विशेष कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्ने खेलाडीलाई सम्मान गरेको छ।

सातौँ “गोर्खा  ट्रेल ब्लेजर २०२६” अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल मिक्लाजुङ, पाँचथरकी धाविका पुष्पा शेर्मा लाई सो अवसरमा बधाई तथा शुभकामना व्यक्त गरिएको हो। कार्यक्रममा विभिन्न जिल्लाका धावक–धाविका, खेलाडी तथा खेलप्रेमीहरूको उपस्थिती रहेको थियो।

जिल्ला एथलेटिक्स संघ पाँचथरका अध्यक्ष पूर्णहाङ तुम्बापो ले पुष्पा शेर्माको उपलब्धिले जिल्लाको प्रतिष्ठा बढाएको उल्लेख गर्दै आगामी दिनमा गृह जिल्लामा नगदसहित सम्मान गरिने जानकारी दिनुभयो। उहाँले यस्ता उपलब्धिहरूले नयाँ पुस्ताका खेलाडीहरूलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्तीको अवसरमा गत कात्तिक २५ गते फिदिम नगरपालिका–५ लव्रेकुटीमा आयोजना भएको “दोस्रो लब्रेकुटी, शिलोटी, फाल्गुनन्द खुल्ला पुरुष तथा महिला (भेट्रान्स तथा बालबालिका) हाफ म्याराथन तथा पर्यटक महोत्सव २०८२” कार्यक्रममा बुढासुब्बा ट्रेनिङ सेन्टर ले रु. ७०,००० बराबरको जर्सी सहयोग प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै एथलेटिक्स संघ पाँचथरद्वारा उक्त ट्रेनिङ सेन्टरलाई  कदरपत्र वितरण गरिएको थियो। उक्त संस्थाका संस्थापक धुव राई ले आगामी दिनहरूमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा एथलेटिक्स नेपाल परिवार का अध्यक्ष राजन खत्री ले पुष्पा शेर्मालाई बधाई व्यक्त गर्दै पाँचथरले एथलेटिक्स क्षेत्रमा खेलाडी उत्पादन र खेलकुद प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो।

यसैबीच, पाँचथर जिल्लाले प्रतिनिधित्व गर्दै धरानमा आयोजना हुने “धरान 10K रन तथा १४औँ नेवार च्यारिटी दौड” मा सहभागी जनाउने भएको छ। आगामी फागुन ९ गते हुने उक्त प्रतियोगितामा जिल्ला एथलेटिक्स संघ पाँचथरका अध्यक्ष पूर्णहाङ तुम्बापोको नेतृत्वमा १४ जना खेलाडी सहभागी हुने तुम्वापोले जानकारी दिनुभएको  छ।

कार्यक्रममा सहभागी वक्ताहरूले पाँचथरमा एथलेटिक्सको उज्ज्वल भविष्य रहेको उल्लेख गर्दै सबै पक्षको सहकार्यबाट खेलकुद क्षेत्रलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win