+
+

भूमिका सुब्बाको अध्यक्षतामा जनसाँस्कृतिक महासंघको नयाँ नेतृत्व चयन

104 पटक हेरिएको
Clock २०८२ बैशाख २१, आईतवार २१:५९
-- Sponsored --

AI सारांश

Fast AI

१. राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालले नवौं राष्ट्रिय महाधिवेशनमार्फत ९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ।
२. महाधिवेशनले भूमिका सुब्बालाई निर्विरोध अध्यक्षमा चयन गरेको हो जसलाई महासंघका तत्कालीन अध्यक्ष प्रेमनाथ अधिकारीले प्रस्ताव गरेका थिए।
३. नवगठित कार्यसमितिमा उपाध्यक्षमा अशोक राई र नमुना शर्मा चयन भएका छन् भने महासचिवमा आरसी शर्मा नियुक्त भएका छन्।

काठमाडौं, १९ वैशाख (२०८२) — राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालले नवौं राष्ट्रिय महाधिवेशनमार्फत ९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ। बुधबार सम्पन्न महाधिवेशनले भूमिका सुब्बालाई निर्विरोध अध्यक्षमा चयन गरेको हो। उनलाई महासंघका तत्कालीन अध्यक्ष प्रेमनाथ अधिकारीले प्रस्ताव गरेका थिए।

भूमिका सुब्बा यसअघि उपाध्यक्षको भूमिकामा रहेर महासंघमा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो। संगठनभित्र गहिरो अनुभव र योगदानका आधारमा उहाँलाई अध्यक्ष पदको जिम्मेवारी दिइएको हो। महाधिवेशनले उहाँको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै संगठनलाई थप सशक्त बनाउने अपेक्षा राखिएको छ।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा अशोक राई र नमुना शर्मा चयन भएका छन् भने महासचिवमा आरसी शर्मा नियुक्त भएका छन्। उपमहासचिवको जिम्मेवारी होमराज सुवेदीले पाएका छन्। त्यस्तै, सचिवमा अमृत खाती, अशोक प्यासी राई, सुवास मल्ल र पदम रोकाया सर्वसम्मत रूपमा चयन भएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win