काठमाडौं, १९ वैशाख (२०८२) — राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालले नवौं राष्ट्रिय महाधिवेशनमार्फत ९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ। बुधबार सम्पन्न महाधिवेशनले भूमिका सुब्बालाई निर्विरोध अध्यक्षमा चयन गरेको हो। उनलाई महासंघका तत्कालीन अध्यक्ष प्रेमनाथ अधिकारीले प्रस्ताव गरेका थिए।
भूमिका सुब्बा यसअघि उपाध्यक्षको भूमिकामा रहेर महासंघमा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो। संगठनभित्र गहिरो अनुभव र योगदानका आधारमा उहाँलाई अध्यक्ष पदको जिम्मेवारी दिइएको हो। महाधिवेशनले उहाँको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै संगठनलाई थप सशक्त बनाउने अपेक्षा राखिएको छ।
नवगठित कार्यसमितिमा उपाध्यक्षमा अशोक राई र नमुना शर्मा चयन भएका छन् भने महासचिवमा आरसी शर्मा नियुक्त भएका छन्। उपमहासचिवको जिम्मेवारी होमराज सुवेदीले पाएका छन्। त्यस्तै, सचिवमा अमृत खाती, अशोक प्यासी राई, सुवास मल्ल र पदम रोकाया सर्वसम्मत रूपमा चयन भएका छन्।