+
+

पाँचथरमा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण सम्पन्न

457 पटक हेरिएको
Clock २०८२ फाल्गुन १५, शुक्रबार १६:१६
-- Sponsored --

AI सारांश

Fast AI

१. नेपाल पत्रकार महासंघ पाँचथरको आयोजनामा निर्वाचन रिपोर्टिङ तथा पत्रकार आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
२. कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले मानवअधिकार र पत्रकारिता विषयमा धारणा राखेका थिए।
३. जिल्लाका २५ जना क्रियाशील पत्रकारहरूको सहभागिता रहेको कार्यक्रमको सहजीकरण महासंघका पूर्व अध्यक्ष लक्ष्मी गौतमले गरेका थिए।

पाँचथर-पाँचथरमा निर्वाचन रिपोर्टिङ तथा पत्रकार आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ पाँचथर को आयोजनामा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश को सहयोग तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेश को सहकार्यमा आयोजित कार्यक्रममा पाँचथरका मुख्य निर्वाचन अधिकारी तथा जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्के को प्रमुख आतिथ्यता रहेको थियो। साथै राष्ट्रिय मानव अधिकार आयोग का सचिव मुरारीप्रसाद खरेल को विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रम नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष भिमकुमार बाँस्कोटा को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा महासंघका पूर्व अध्यक्ष लक्ष्मी गौतम, कोशी प्रदेश समितिका पूर्व सदस्य गणेश साम्पाङ, फोनिजका कोशी प्रदेश अध्यक्ष बिजयबोध लावती, नेपाल प्रेस युनियन पाँचथर का अध्यक्ष खबिन लुईटेल तथा प्रेस चौतारी नेपाल पाँचथर का अध्यक्ष मदन थापा लगायत विभिन्न पेशागत संगठनका प्रतिनिधिहरू अतिथिको रूपमा सहभागी थिए।

अभिमुखीकरण कार्यक्रममा जिल्लाका २५ जना क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण महासंघका पूर्व अध्यक्ष लक्ष्मी गौतमले गरेका थिए।

सोही अवसरमा मानवअधिकार र पत्रकारिता विषयमा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win