+
+

कुम्मायक गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु

38 पटक हेरिएको
Clock २०८३ भाद्र २२, सोमबार १६:४१
-- Sponsored --

मनोज थापा

पाँचथर । कुम्मायक गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ। गाउँपालिकाबाट प्रवाह हुने प्रशासनिक सेवालाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउने उद्देश्यले आवश्यक पूर्वाधारसहितको प्रशासकीय भवन निर्माण अघि बढाइएको हो।

भवन निर्माणका लागि NCNS-MKSCPL-JMNS JV, सिन्धुली र कुम्मायक गाउँपालिकाको कार्यालय, यासोक, पाँचथरबीच २०८३ असार २१ गते सम्झौता भएको थियो। सम्झौतामा गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनाल र निर्माण व्यवसायीको तर्फबाट प्रतिनिधि कृष्णबहादुर कार्कीले हस्ताक्षर गर्नुभएको हो।

भ्याट, पीएस आइटम तथा कन्टिन्जेन्सीसहित कुल १० करोड ४२ लाख ४९ हजार ९६२ रुपैयाँ ८० पैसा लागतमा प्रशासकीय भवन निर्माणको ठेक्का सम्झौता भएको छ। सम्झौताअनुसार निर्माण कार्य २०८६ असार २० गतेभित्र सम्पन्न गर्नुपर्ने छ।

नयाँ प्रशासकीय भवनसँगै घेराबार, पानी भण्डारण ट्याङ्की, जग्गा विकास तथा सम्याउने कार्य, बगैँचा निर्माण तथा सौन्दर्यीकरण र सुरक्षा गार्ड बस्ने भवन समेत निर्माण गरिनेछ। हाल भवन निर्माणका लागि आवश्यक प्रारम्भिक कामसँगै निर्माण कार्य अघि बढिरहेको गाउँपालिकाले जनाएको छ।

प्रशासकीय भवन निर्माणका लागि कुम्मायक गाउँपालिका–१, साविक वडा नं. ३ काफ्लेपानीका निरौला परिवारले ८ रोपनी भन्दा बढि जग्गा निःशुल्क उपलब्ध गराएका छन्।

जग्गादाता मेघराज निरौलाका अनुसा सार्वजनिक हितमा योगदान पुर्याउने उद्देश्यले परिवारको तर्फबाट गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा उपलब्ध गराइएको हो। गाउँपालिकाको महत्वपूर्ण संरचना निर्माणमा आफ्नो परिवारको तर्फबाट सहयोग गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो।

जग्गादाताहरूमा विपिनराज निरौला, नरेन्द्रप्रसाद निरौला, मेघराज निरौला, ताराचन्द्र निरौला, तेजनाथ निरौला, श्रीमती ओमादेवी निरौला, युवराज निरौला र श्रीमती लक्ष्मीदेवी निरौला रहेका छन्।

गाउँपालिका अध्यक्षका अनुसार लामो समयदेखिको प्रयास, छलफल र सहमतिपछि प्रशासकीय भवन निर्माणको प्रक्रिया अघि बढेको हो। भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापनसँगै सम्बन्धित पक्षबीच सहमति जुटेपछि अहिले निर्माण कार्य सुरु गर्न सम्भव भएको उहाँले बताउनुभयो। गाउँपालिकाको दीर्घकालीन आवश्यकतालाई ध्यानमा राखेर निर्माण हुन लागेको भवन गुणस्तरीय र समयमै सम्पन्न गर्न गाउँपालिकाले आवश्यक समन्वय तथा सहजीकरण गर्ने उहाँको भनाइ छ। प्रशासकीय भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाबाट प्रवाह हुने सेवा थप व्यवस्थित र सेवाग्राहीमैत्री हुने अपेक्षा गरिएको छ।

निर्माण व्यवसायीका अनुसार प्रशासकीय भवन निर्माण कार्य सुरु भइसकेको छ। सम्झौतामा उल्लेखित मापदण्ड र समयसीमाअनुसार आवश्यक जनशक्ति तथा निर्माण सामग्री परिचालन गरी निर्माण कार्यलाई निरन्तरता दिइने र तोकिएको समयमै निर्माण सम्पन्न गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win