+
+

निर्मल पुर्जामाथि महिला आरोहीलाई यौन दुर्व्यवहार गरेको आरोप !

115 पटक हेरिएको
Clock २०८१ जेष्ठ १९, शनिबार १०:०४
-- Sponsored --

AI सारांश

Fast AI

१. नेपाली कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ, जसमा उनले हिमाल आरोहण गर्ने महिला आरोहीलाई यौन दुर्व्यवहार गरेको उल्लेख गरिएको छ।
२. पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौंको होटलमा पुर्जाले दुव्यर्वहार गरेको आरोप लगाएकी छन्, जसमा उनले पुर्जाले आफ्नो अनुमतिविना पटकपटक चुम्बन गरेको आरोप लगाएकी छन्।
३. पुर्जाले यस आरोपलाई अस्वीकार गरेका छन्, उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै आरोप अस्वीकार गरेको उल्लेख छ, तर न्यूयोर्क टाइम्सले प्रकाशित गरेको रिपोर्टमा पुर्जाले हिमाल आरोहण गर्ने महिला आरोहीलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएको छ।

काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले एक रिपोर्ट प्रकासित गर्दै पुर्जाले हिमाल आरोहण गर्ने महिला आरोहीलाई यौन दुर्व्यबहार गरेको उल्लेख गरेको छ ।

न्यूयोर्क टाइम्सले प्रकाशित गरेको रिपोर्टमा पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौंको होटलमा पुर्जाले दुव्यर्वहार गरेको आरोप लगाएकी छन् ।

उनले डिसेम्बरमा प्रकाशन भएको आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले नाम उल्लेख नगरी चर्चित आरोहीले आफुलाई दुर्व्यवहार गरेको अस्पष्ट घटनाक्रम उल्लेख गरेकी थिइन् । 

न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा लोताले आफ्नो पुस्तकमा उल्लेख गरिएको व्यक्ति पुर्जा भएको खुलासा गरेकी छन् । रिपोर्टमा पुर्जाले होटलको कोठामा लगेर दुर्व्यवहार गरेको सविस्तार उल्लेख गरिएको छ ।

उनले भनेकी छन्- ‘मैले इन्कार गर्दा गर्दै उसले मेरो कपडा खोल्न थाले, मैले महिनावारी भएको छ भन्दा पनि उनी रोकिएनन्, एकपटक मेरो गोप्य अंगसम्म हात पुर्‍याए ।’

उनले पुर्जा ब्रिटिस सेनामा प्रशिक्षण लिएको र बलियो भएकाले आफू निरिह बनेको र प्रतिवाद गर्न नसकेको बताएकी छन् । रिपोर्टमा यस विषयमा पुर्जाले प्रतिक्रिया नदिए पनि उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै आरोप अस्वीकार गरेको उल्लेख छ ।

रिपोर्टमा लता बाहेक क्यालिफोर्नियाकी डा. अप्रिल लियोनार्दोले पनि पुर्जाले आफ्नो अनुमतिविना पटकपटक चुम्बन गरेको आरोप लगाएकी छन् । पुर्जाले विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढ्ने बेला गाइड रहेका पुर्जा आफ्नो टेन्टमा आएर दुर्व्यवहार गरेको बताएकी छन् । डा. अप्रिलको आरोपमा पनि पुर्जाका वकिलले भने खण्डन गरेका छन् ।

यो घटनापछि दुवैले महिलाले आफु नाजिका साथीलाई बताएको र ती म्यासेजहरू न्यूयोर्क टाइम्सले अध्ययन गर्दा सत्य भेटिएको रिपोर्टमा दाबि गरिएको छ ।

पुर्जा आफ्नो एलाइट हिमालयन एड्भेन्चरमार्फत आरोहीलाई हिमाल चढ्न सहयोग गर्छन् । उनले कतारको राजपरिवार सदस्य आश्मा थानीदेखि रसियन मोडल भिक्टोरिया बोन्या जस्ता उच्च प्रोफाइलका महिलालाई समेत आरोहणमा सहयोग गरेका छन् ।

विश्वका ८ हजार भन्दा अग्ला सबै हिमाल चढेका पुर्जा बारे नेटफ्ल्क्सिले डकुमेन्ट्री नै बनाएको थियो ।

 

न्यूयोर्क टाइम्सको रिपोर्ट लिंक-  https://www.nytimes.com/2024/05/31/sports/mountaineering-sexual-harassment-abuse-nims-purja.html?smid=tw-share

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win