+
+

रौतहटमा दर्जनौं नेता कार्यकर्ता जसपामा प्रवेश

167 पटक हेरिएको
Clock २०८१ आश्विन १, मंगलवार १२:१९
-- Sponsored --

AI सारांश

Fast AI

१. रौतहटमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।
२. नवप्रवेशी मध्ये ठूलो संख्यामा विगतमा जसपा नेपाल छाडेर अन्य पार्टीमा गएकाहरु रहेका छन जो फेरी आफनै पुरानो घर जसपा नेपालमा फर्केका हुन्।
३. जसपा नेपालका केन्द्रिय उपाध्यक्ष गोविन्द चौधरीले पार्टीमा स्वागत गरेको जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिएका छन्।

सञ्जय मिश्रा, रौतहट । रौतहटमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

जनता समाजवादी पार्टी रौतहटको  आयोजनामा  गरुडा नगरपालिका–५ महम्मदपुरस्थित गोपाल सेवा समिति धर्मशालामा पार्टीको विस्तारित बैठक एवं पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले, नेकपा एकिकृत समावादी, नेकपा माओवादी लगायत दलबाट दर्जनौंको संख्यामा नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका हुन् ।

नवप्रवेशी मध्ये ठूलो संख्यामा विगतमा जसपा नेपाल छाडेर अन्य पार्टीमा गएकाहरु रहेका छन । बिभिन्न कारण देखाउँदै पार्टीबाट असन्तुस्ट भइ अन्य पार्टीमा गएका उनिहरु फेरी आफनै पुरानो घर जसपा नेपालमा फर्केका हुन । 

माधवनारायण नगरपालिका–२ का पूर्व वडा अध्यक्ष हनुमान सहनी, वडा ६ का वडा अध्यक्षका प्रत्यासी हरिनारायण प्रसाद यादव, नेता चन्देश्वर साह तेली, दुर्गा भगवती गाउँपालिका–२ का वडा अध्यक्षका प्रत्यासी रमेश महतो, माधवनारायण नगरपालिका–३ का रामइश्वर यादव सहित दर्जनौं नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई जसपा नेपालका केन्द्रिय उपाध्यक्ष गोविन्द चौधरीले पार्टीमा स्वागत गरेको जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिएका छन् । 

पार्टीको केन्द्रियको निर्णय अनुसार चार महिने जनता संग जनता समाजवादी पार्टी नेपाल आधारभूत संगठन निर्माण अभियान अन्तर्गत विभिन्न नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएर संगठन निर्माण र पार्टीलाई बलियो बनाउने अभियानमा जुटिसकेको युवा नेता राजकुमार दासले बताएका छन् । 

कार्यक्रममा उपाध्यक्ष गोविन्द चौधरी,जसपा नेपालका केन्द्रिय सदस्य  एवं मधेश प्रदेशका पूर्व कृषि राज्य मन्त्री योगेन्द्र यादव,पार्टीका केन्द्रिय कार्यकारीणी समिति सदस्य राम किशोर यादव, विश्वनाथ पटेल, मधेश प्रदेशकी रास्ट्रिय सभा सदस्य पुजा चौधरी, प्रदेश सांसद सोभा देवी साह, पार्टीका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव, केन्द्रिय सदस्य एवं मधेश प्रदेशका पूर्व खानेपानी राज्य मन्त्री अब्बुल कलाम आजाद भन्ने शेख फुलबाबु, केन्द्रिय सदस्य किरण ठाकुर लगाएतको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win