0 प्रतिक्रिया
राष्ट्रिय फोटो पत्रकार समूहका १४ सदस्यीय टोली चीन प्रस्थान
AI सारांश
Fast AIनेपाली फोटो पत्रकार समूहको चीन भ्रमणको सारांश निम्न ३ वटा बुँदामा प्रस्तुत गरिएको छ:
* राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) का १४ सदस्यीय फोटो पत्रकारको टोली पिन्चाओ फोटोग्राफर एसोसीयसनको निमन्त्रणामा चीन प्रस्थान गरेको छ।
* नेपाल चीन मैत्री संघको सहकार्यमा हुन लागेको "हिमशृंखलामाथिको उडानले भरिएको नेपाल" फोटो प्रदर्शनीमा नेपालका पर्यटनक्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिव १ सय मनमोहक तस्वीरहरु सान्तोङ प्रान्तका विभिन्न शहरहरूमा एक महिनासम्म प्रर्दशनी गरिने छ।
* यस भ्रमणले दुई देशबीचका फोटोग्राफर र फोटो पत्रकारबीच मित्रता स्थापना हुनुका साथै एक अर्को देशको सांस्कृतिक तथा पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने हेतुले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
काठमाडौं, २३ मङ्सिर । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) का १४ सदस्यीय फोटो पत्रकारको टोली चीन प्रस्थान गरेको छ।
पिन्चाओ फोटोग्राफर एसोसीयसनको निमन्त्रणामा राष्ट्रिय फोटो पत्रकार समूह,एनएफपिजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १४ सदस्यीय केन्द्रीय टोली फोटो प्रर्दशनीको लागि चीनको सान्तोङ प्रान्त प्रस्थान गरेको हो ।
चीनका चर्चित फोटोग्राफर सु छुई तथा नेपाल चीन मैत्री संघको सहकार्यमा हुन लागेको हिमशृंखलामाथिको उडानले भरिएको नेपाल (सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनीमा नेपालका पर्यटनक्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिव १ सय मनमोहक तस्वीरहरु सान्तोङ प्रान्तका विभिन्न शहरहरूमा एक महिनासम्म प्रर्दशनी गरिने भ्रमण संयोजक सुनिल शर्माले जानकारी दिए ।
भ्रमणले दुई देशबीचका फोटोग्राफर र फोटो पत्रकारबीच मित्रता स्थापना हुनुका साथै एक अर्को देशको सांस्कृतिक तथा पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने हेतुले कार्यक्रम आयोजना गर्न लागिएको हो । उक्त अवसरमा चीनका विभिन्न पर्यटकीय साथै शैक्षिक क्षेत्रको पनि अवलोकन गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









