विराटनगर, २१ कात्तिक : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ।
केही दिन अघि प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश जानुभएका मन्त्री अधिकारीको आलोचना भएपछि उहाँले नैतिकताको आधारमा राजीनामा दिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो।
मन्त्री अधिकारी गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त हुनुभएको थियो।