+
+

पाँचथरको याङवरकका दुई नाबालक दाजुबहिनी चार दिनदेखि वेपत्ता

464 पटक हेरिएको
Clock २०८२ श्रावण १८, आईतवार २२:०३
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको सुदूरउत्तरी च्याङथापूका नाबालक दाजुबहिनी चार दिनदेखि वेपत्ता भएका छन।
२. याङवरक गाउँपालिका वडा नं. १ च्याङथापूको बिरुवा टोलका बिर्खबहादुर राईका नौ वर्षीय छोरा शिशिर र छ वर्षीया छोरी नानुमा राई साउन १५ गते विहादेखि वेपत्ता भएका हुन।
३. प्रहरी र स्थानीयवासीले याङवरक गाउँपालिका वडा नं. १ र २ अधिकांश सम्भावित स्थानहरुमा दाजुबहिनीको खोजी गरिरहेका छन।

पाँचथर, १८ साउनः
पाँचथरको सुदूरउत्तरी च्याङथापूका नाबालक दाजुबहिनी चार दिनदेखि वेपत्ता भएका छन। 
याङवरक गाउँपालिका वडा नं. १ च्याङथापूको बिरुवा टोलका बिर्खबहादुर राईका नौ वर्षीय छोरा शिशिर र छ वर्षीया छोरी नानुमा राई साउन १५ गते विहादेखि वेपत्ता भएका हुन। वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार १५ गते बिहान बिर्खबहादुरले दुवै छोराछोरीलाई बाजेबजु (हजुरबुवा हजुरआमा) को घर गएर खाना खाई विद्यालय जानु भनि पठाएका थिए। बिरुवा टोलको पुच्छारमा रहेको आफ्नो घरबाट बाजेबजुको घर हिँडेका उनीहरु हालसम्म फेला नपरेको वडाध्यक्ष राईले जानकारी दिनुभयो।
प्रहरी र स्थानीयवासीले याङवरक गाउँपालिका वडा नं. १ र २ अधिकांश सम्भावित स्थानहरुमा दाजुबहिनीको खोजी गरिरहेका छन। “खोलानाला भीरपाखा सबै ठाउँ खोजीसक्यौं”, वडाध्यक्ष राईले भन्नुभयो,“तर कुनै संकेत फेला परेको छैन।” 
आफ्ना नानीहरु बावुआमाको घर नपुगेको पाएपछि बिर्खबहादुर नानीहरु हराएका भनेर गाउँमा खवर गरेका थिए। त्यसपछि खोजी कार्य थालिएपनि फेला पर्न सकेका छैनन। याङवरक गाउँपालिकाले समेत सूचना जारी गर्दै वेपत्ता नाबालकको खोजी कार्यमा सहयोग गर्न अपील गरेको छ। 


च्याङथापूस्थित सीमा प्रहरी चौकीका प्रमुख प्रहरी बरिष्ठ नायव निरीक्षक भीमराज थेबेका अनुसार साउन १५ गतेदेखि नै वेपत्ता दाजुबहिनीको खोजी चलिरहेपनि हालसम्म फेला परेका छैनन्। थेबेका अनुसार आफ्नो घरबाट हिँडेका नानीहरुलाई केही माथिसम्म अरु गाउँलेले देखेको वताएका छन। करीव ३० मिनेट पैदल यात्रा गरेर बाजेबजुको घर पुग्ने नानीहरु वीच बाटोबाटै वेपत्ता भएको थेबेको भनाई छ। “धेरै टाढा पुग्ने ठाउँ पनि छैन। हामीले आसपासका क्षेत्रमा खोज्न बाँकी पनि राखेका छैनौं”, थेबेले भन्नुभयो, “चार दिनसम्म फेला नपर्नु अचम्मको कुरा छ।”
यहाँका कतिपय स्थानीयवासीले भने बिरुवा टोलबाट बेलाबखत मानिसहरु हराउने र पछि आफैँ फर्केर आउने वताएका छन। प्रहरी बरिष्ठ नायव निरीक्षक थेबेका अनुसार वेपत्ता भएका शिशिर पाँच वर्षको हुँदा पाँच दिन वेपत्ता भई घर फर्केको आफन्तजनले वताएका छन। तर उनी कहाँ गएका थिएभन्ने नखुलेको थेबेले वताउनुभयो। 
“यहाँका कसैकसैले मानिसहरु हराउने र पछि आफैं प्रकट हुनेमा विश्वास गर्छन”, थेबेले भन्नुभयो, “सबै ठाउँ खोजीसक्दा पनि नानीहरु नभेट्टाउँदा हामी आफैं अचम्मित छौं ।” वेपत्ता दाजुबहिनीकी आमा भने वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहनुभएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win