+
+

एउटा यस्तो ‘मृतक’ सहर, जहाँ आफन्तले ‘शव’ सँग गर्छन् कुरा

Clock २०८१ मंसिर २६, बुधबार ०९:२७
-- Sponsored --

काठमाडौं, २६ मंसीर । हरेक जाति र समुदायका मानिसको आ–आफ्नै संस्कृति हुन्छ । संसारमा अनौठो संस्कृति (अजीब संस्कार) भएका धेरै मानिस र समुदायहरु छन् जसको बारेमा एक पटक पनि विश्वास गर्न सकिदैन । कतिपय चलन रमाइलो हुन्छन् त कतिपय डरलाग्दा हुन्छन ।

आज हामी तपाईलाई एउटा यस्तो अनौठो संस्कृतिको बारेमा बताउन गइरहेका छौँ, जसलाई सुनेपछि तपाईलाई पनि रिस उठ्छ । वास्तवमा एउटा यस्तो गाउँ छ, जहाँ आफन्तले शव गाड्दैनन्, जलाउँदैनन् तर घरमै राख्छन् र हरेक बर्ष खाडलवाट निकालेर कुरा पनि गर्छन् ।

तपाई सोचिरहनु भएको होला कि साँच्चै कुनै यस्तो देश छ, जहाँ मृत व्यक्तिलाई घरमा राखिएको छ। वास्तवमा, यो इन्डोनेसियाको तारोजा गाउँ हो, जहाँ एक अनौठो परम्परा छ। यो गाउँमा कसैको मृत्यु भएमा उसको अन्तिम संस्कार गरिदैन् तर ममीकरण गरिन्छ । शव धेरै राम्रोसँग राखिएको हुन्छ। र, उनीहरूसँग कुरा गर्ने, खाना खुवाउने आदि उनीहरू उनीहरू जीवीत मान्छेलाइ जस्तै गर्छन् ।

मृतकका आफन्तलाई घरमा मात्रै नभई पानी, खाना र चुरोट पनि खुवाइन्छ । यो पनि भनिन्छ कि हरेक वर्ष अगस्टमा ममीफाइड गरी चिहानमा राखिएका शवहरू बाहिर निकालिन्छन्। सबै शवलाई सफा गरी मेकओभर दिइन्छ। र, लुगा पनि फेरेर नयाँ लुगा लगाइन्छ।

चिहानबाट बाहिर निकालेपछि परिवारका सदस्यहरूलाई मेकओभर गरिन्छ। यस बाहेक उनीहरुको फोटो खिचिन्छ र उनीहरुसँग कुरा गरिन्छ । त्यहाँका मानिसहरूले मानिस कहिल्यै मर्दैन तर आराम गर्छ भन्ने विश्वास गर्छन्। माया गर्नेले कहिल्यै साथ छोड्दैन। साना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैमा यस्तो हुन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

विज्ञापनहरु