+
+

एमाले नेता माधव ढुंगेलले भने, ‘ज्ञानेन्द्र शाहलाइ निर्मल निवासवाट घोक्रेठयाक लगाउनु नपरोस्’

39 पटक हेरिएको
Clock २०८१ फाल्गुन २५, आईतवार १६:२५
-- Sponsored --

AI सारांश

Fast AI

नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठेगानमा बस्न सुझाव दिएका छन्। यस्ता केहि मुख्य बुँदा यस समाचारलाई छोटो सारांशमा प्रस्तुत गरिएको छ:
* पूर्वराजा ज्ञानेन्द्र उत्ताउलो बन्दै हिँडे बुढेसकालमा निर्मल निवासमा पनि बस्न नपाउने स्थिति आउने ढुङ्गेलले चेतावनी दिएका छन्।
* ढुङ्गेलले अब नेपालमा राजतन्त्र कहिल्यै पनि आउँदैन, लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प छैन, लोकतन्त्रको विकल्प अझ अब्बल र सबल लोकतन्त्र नै हो भनेका छन्।
* ढुङ्गेलले राजा र राजतन्त्र अब म्युजियममा मात्र हेर्न पाइन्छ, पार्टी र व्यक्ति छान्ने अधिकार जनतामा भएको लोकतान्त्रिक व्यवस्थाको सुन्दरता हो भनेका छन्।

काठमाडौं, २५ फागुन । नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठेगानमा बस्न सुझाव दिएका छन्।

पूर्वराजा ज्ञानेन्द्र उत्ताउलो बन्दै हिँडे बुढेसकालमा निर्मल निवासमा पनि बस्न नपाउने स्थिति आउने ढुङ्गेलले चेतावनी दिए।

‘मान सम्मानका साथ राज्यले दिएको सुविधा लिएर बस्ने कि निर्मल निवास छोडेर राजनीतिमा आउने बाटो रोज्नुस्, राजा र राजतन्त्रको अनावश्यक हल्ला चलाएर समाजलाई बिथोल्ने, प्रतिगामी तत्त्वहरूको उक्साहटमा हिँड्न थाल्ने हो भने बुढेसकालमा निर्मल निवासबाट घोक्रेठ्याक लगाउनु पर्ने अवस्था आउन सक्छ’, उनले भनेका छन।

ढुङ्गेलले अब नेपालमा राजतन्त्र कहिल्यै पनि आउँदैन, लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प छैन, लोकतन्त्रको विकल्प अझ अब्बल र सबल लोकतन्त्र नै हो, राजा र राजतन्त्र अब म्युजियममा मात्र हेर्न पाइन्छ, पार्टी र व्यक्ति छान्ने अधिकार जनतामा भएको लोकतान्त्रिक व्यवस्थाको सुन्दरता हो, लोकतन्त्रका पक्षधरहरूले सडकमा निस्कनु पर्‍यो भने उकास्ने हुल्लडबाजहरु दुलामा पस्छन् र  पूर्वराजाको कन्तबिजोग हुन्छ भन्ने कुरा नबिर्सन आग्रह गरेका छन। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win