+
+

राष्ट्रिय प्रथम चासोक रेटिङ बुद्धिचाल प्रगियोगिता सम्पन्न

119 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ पुष ८, सोमबार १५:३३
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:
१. पाँचथर जिल्लाको सदरमुकाम फिदिममा आयोजित राष्ट्रिय प्रथम चासोक रेटिङ बुद्धिचाल प्रतियोगिता आइतबार सम्पन्न भएको छ, जसमा ललितपुरका रुपेश जैश्वाल प्रथम स्थान हासिल गरेका छन्।
२. प्रतियोगितामा देशभरबाट ८२ जना खेलाडीहरु सहभागी थिए, र विजेता खेलाडीहरुलाई प्रमुख अथिति र विषेश अथितिहरुले पुरस्कार वितरण गर्नुभएको थियो।
३. बुद्धिचाल संघ पाँचथरको आयोजना भएको खेल सौहार्दपूण सम्पन्न भएको अध्यक्ष विजयवोध लावतीले बताउनुभयो, र फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले प्रतियोगितालाई सहयोग गर्ने र आगामी दिनमा अझ व्यवस्थित गर्दै लैजाने बताउनुभयो।

इवारा जवेगु लिम्बु
पाँचथर। जिल्लाको सदरमुकाम फिदिममा आयोजित राष्ट्रिय प्रथम चासोक रेटिङ बुद्धिचाल प्रगियोगिता आइतबार सम्मन्न भएको छ।
पाँचथर बुद्धिचाल संघद्धारा आयोजना भएको प्रतियोगिता पुस ५ गतेदेखी सुरु भई ७ गते आइतबार सम्पन्न भएको हो।
वाणिज्य संघको हलमा सम्पन्न उक्त प्रतियोगितामा ललितपुरका रुपेश जैशवाल प्रथम भएका छन्। उनले नौ राउण्डको खेलमा ८ अंक सहित प्रथम स्थान हासिल गर्दा नगद ३० हजार,ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे। त्यस्तै झापाकी सुश्री दाहालले ७.५ अंक ल्याएर दोस्रो स्थान हासिल गरेकी छन् । उनले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन्। खोटाङका धिरेन राईले ७ अंक सहित तेस्रो स्थान ओगट्न सफल भएका छन् भने उनले नगद १८ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
चौथो स्थान हासिल गर्दै दमकका राजन सुवेदीले नगद १४ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्दा ,पाचौँ स्थानमा काठमाडौँका नविन तन्दुकारले नगद १२ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
धरानका चुडामढी राई छैटौँ, दमकका प्रकाश चन्द नेपाल सातौँ, दमककै कृश अधिकारी आठौँ, विराटनगरका उमेश राई नवौँ र दमककै शुमन श्रेष्ठ दशौँ भएका छन्। उनीहरुले क्रमशः नगद रु १० हजार, आठ हजार, सात हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
समापन कार्यक्रमको प्रमुख अथित्यता फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मेयर काफ्लेले बुद्धिचाल प्रतियोगितालाई सहयोग गर्ने र आगामी दिनमा अझ व्यवस्थित गर्दै लैजाने बताउनुभयो ।
कार्यक्रममा विषेश अथितिको रुपमा पूर्वमन्त्रि बलवहादुर साम्सोहाङ र फिदिम नगरपालिका उपमेयर राधाकृष्ण न्यौपाने उपस्थित रहनु भएको आयोजक संघका सचिव नन्द कुरुङबाङले जानकारी दिनुभयो।
प्रतियोगितामा देशभर बाट ८२ जना खेलाडीहरु सहभागी थिए। विजेता खेलाडीहरुलाई प्रमुख अथिति र विषेश अथितिहरुले पुरस्कार वितरण गनुभएको थियो ।
बुद्धिचाल संघ पाँचथरको आयोजना भएको खेल सौहार्दपूण सम्मन्न भएको अध्यक्ष विजयवोध लावतीले बताउनुभयो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win