0 प्रतिक्रिया
प्रिमियर लिगमा युनाइटेडको हार, सिटी बराबरीमा रोकियो
AI सारांश
Fast AIनेपाली समाचारको सारांश निम्नलिखित ३ वटा बुँदामा प्रस्तुत गरिएको छ:
* जारी सिजनको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टसँग ३-२ ले पराजित भएको छ।
* म्यानचेस्टर सिटी क्लब क्रिस्टल प्यालेससँग २-२ गोलको बराबरी खेल्यो, जसमा सिटीका हालान्डले २ गोल गरेका थिए।
* लिगको वर्तमान स्थितिमा, म्यानचेस्टर युनाइटेड १९ अंक साथ १३औं स्थानमा, नटिङ्घम फरेस्ट २५ अंक साथ पाँचौं स्थानमा, र म्यानचेस्टर सिटी २७ अंक साथ चौथो स्थानमा छ, जबकि लिभरपुल ३५ अंक साथ शीर्ष स्थानमा छ।
काठमाडौं – जारी सिजनको प्रिमियर लिगमा खराब प्रदर्शन गर्ने क्रममा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अर्को हार व्यहोरेको छ। साबिक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।
शनिबार राति भएको खेलमा युनाइटेडलाई नटिङ्घम फरेस्टले ३-२ ले पराजित गरेको हो।
युनाइटेडविरूद्ध खेलको २ मिनेटमै फरेस्टले गोल गरेको थियो। फरेस्टका मिलेन्कोभिचले गोल गर्दै युनाइटेडविरूद्ध अग्रता लिएका थिए।
युनाइटेडका होजलुन्डले १८ मिनेटमा गोल फर्काएका थिए। खेलको ४७ मिनेटमा फरेस्टका जिब्स ह्वाइट र ५४ मिनेटमा उडले गोल थपेपछि युनाइटेड ३-१ ले पछि परेको थियो।
युनाइटेडका ब्रुनो फर्नान्डेजले खेलको ६१ मिनेटमा अर्को गोल थपे पनि युनाइटेडले हार टार्न सकेन।
लिगमा खराब प्रदर्शन गर्ने क्रममा सिटी क्रिस्टल प्यालेससँग २-२ गोलको बराबरी खेल्यो।
खेलको चार मेनेटमा मुनोजको गोलबाट अग्रता लिएको प्यालेसका लागि ५६ मिनेटमा लाक्रोइक्सले अर्को गोल गरेका थिए।
सिटीका हालान्डले ३० र लेविसले ६८ मिनेटमा गोल गरेका थिए। युनाइटेड १९ अंक साथ लिगको १३औं स्थानमा छ भने फरेस्ट २५ अंक साथ लिगको पाँचौं स्थानमा छ।
यता, सिटी २७ अंक साथ लिगको चौथो स्थानमा छ। ३५ अंक साथ लिगको शीर्ष स्थानमा रहेको लिभरपुललाई कुनै पनि क्लबले अहिलेसम्म चुनौती दिन सकेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









