Comments Add Comment

पाथीभरा केवलकार विरोध: माघ १५ देखि अनिश्चितकालीन यातायात बन्दको आह्वान

पाँचथर । ताप्लेजुङको फुङलिङ् नगरपालिका–११, पाथिभरा क्षेत्रमा केवलकार निर्माणको विरोध गर्दै आएका पहिचान पक्षधर र नो केवलकार पक्षधरले आइतबार एक विज्ञप्ती जारी गर्दै माघ १५ देखी अनिचिश्तकालिन यातायात बन्दको आव्हान गरेको छ। ६ ओटा संघर्ष समितिले जारि गरेको विज्ञप्ती मार्फत मेची राजमार्ग, तमोर करीडोर र तेहृथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरुमा यातायात बन्दको घोषणा गरेको हो।

शान्तिपूर्ण प्रर्दशनको लागि भेला भएको समुहमा गोली चलाई राज्यले दमन र ज्यादती गरेकाले अनितिश्तकालीन बन्द गर्नु परेको संघर्षरत पक्षले जनाएको छ। केवलकार निर्माण खारेज गर्नुपर्ने, सैन्यकरण फिर्ता गर्नुपर्ने, नियन्त्रणमा रहेका हरुको विनाशर्त रिहाई गरिनुपर्ने , झुटा मुद्दाहरु लगाउन बन्द गरिनुपर्ने जस्ता मागहरु गरिएको विज्ञप्ती मार्फत जनाइएको छ।
त्यस्तै माघ १४ गते चन्द्र ढकालको ताप्लेजुङ, पाँचथर, तेहृथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला लगायतका ग्लोबल आइएमइ बैकं बन्द गर्नु पर्ने र सबै शाखाहरुमा शान्तिपूर्ण धर्ना कार्यक्रम समेत रहेको विज्ञप्ती मार्फत जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै