0 प्रतिक्रिया
“पाँचथर गोल्डकप २०८१ : एन्थम र सहभागी टिम सार्वजनिक, उपाधि विजेतालाई ११ लाख पुरस्कार”
AI सारांश
Fast AI१. पाँचथर क्लब, पाँचथरले अन्तराष्ट्रिय आमन्त्रण ५ औँ पाँचथर गोल्डकप–२०८१ को अफिसियल प्रतियोगिता एन्थम र सहभागि टिम सार्वजनिक गरेको छ।
२. गोल्डकप प्रतियोगितामा आयोजक टिम सहित बाकि सात टिम गरी आठ टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिनुभयो।
३. गोल्डकपको विजेताले उपाधि सहित ११ लाख १ हजार १ सय ११ रुपैँया प्राप्त गर्दा उपविजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्नेछ।
पाँचथर । पाँचथर क्लब, पाँचथरले अन्तराष्ट्रिय आमन्त्रण ५ औँ पाँचथर गोल्डकप–२०८१ को अफिसियल प्रतियोगिता एन्थम र सहभागि टिम सार्वजनिक गरेको छ।
फागुन १३ गते मंगलबार फिदिम नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर आयोजक टिमले एन्थम र सहभागि टिमको नाम सार्वजनिक गरेको हो।
अफिसियल प्रतियोगि एन्थममा विकास लिम्बू, पदम राई, डीपि खनाल, डेबिट संखर, दिप्सन आङ्बो, सुर्य आङ्देम्बे, असोक मुकारुङ, मदन सेन्चुरी, सगुन लावती, मुना ठटाल, अमृता लिम्बू र सम्झना योङहाङले स्वर दिनुभएको छ। त्यस्तै डीपि खनालको शब्द रहेको गितमा देबेस राईको संगीत रहेको छ।
५ औँ संस्करणको पाँचथर गोल्डकप–२०८१ यहि फागुन २४ गतेदेखी चैत्र २ गतेसम्म सञ्चालन हुने छ। गोल्डकप प्रतियोगितामा आयोजक टिम सहित बाकि सात टिम गरी आठ टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिनुभयो।
जसमा मचिन्द्र फुटबल क्लब काठमाडौं, हिल्स फुटबल एकेडेमी भारत, चर्च ब्वाइज फुटबल क्लब काठमाडौं, हिमालयन शेर्पा क्लब काठमाडौं, नेपाल पुलिष क्लब काठमाडौं, नमो बुद्ध युवा फुटबल क्लब सप्तरी, पथरी ११ फुटबल क्लब मोरङ र आयोजक पाँचथर क्लब पाँचथर रहने छन्।
गोल्डकपको विजेताले उपाधि सहित ११ लाख १ हजार १ सय ११ रुपैँया प्राप्त गर्दा उपविजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्नेछ।
विद्यागतर्फ मेन अफ दि म्याच, बेष्ट कोच, हाई स्कोरर, बेष्ट गोलकिपर, बेष्ट डिफेन्डर, बेष्ट मिडफिल्डर,राईजिङ प्लेय, बेष्ट प्लेयर र फ्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। त्यस्तै केही खेलाडी, अफिसियल र दर्शकहरुको पनि सामुहिक दुर्घटना बिमा गरिने पनि आयोजकले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









