तेह्रथुम- तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं ६ चुहानडॉडा फुङसिङमा फागुन २७ गते देखि चैत्र २ गते सम्म फुङसिङ खेलकुद कार्यक्रम सन्चालन हुने भएको छ।
भगवति आधारभुत विद्यालयको ९ ए साइडको खेलमैदानमा खुल्ला वडा स्तरीय पुरूष र खुल्ला वडा स्तरीय महिला फुटबल सन्चालन गरिने बताइएको छ।
पॉच दिन सम्म सन्चालन हुने प्रतियोगिताको पुरूष तर्फको विजेताले ५० हजार सहित ट्रफि र उपविजेताले ३० हजार सहित ट्रफि प्राप्त गर्नेछन। महिला तर्फको विजेताले २० हजार सहित ट्रफि र उपविजेताले १० हजार सहित ट्रफि प्राप्त गर्नेछन।
आठराई गाउँपालिका वडा नं ६ को आर्थीक सहयोगमा फुङसिङ खेलकुद कार्यक्रम सन्चालक समितिले प्रतियोगिता आयोजना गरेको मेला समिति अध्यक्ष उदयराज कन्दङवाले जानकारी दिए ।
खेलकुद कार्यक्रममा एक वडा बराबर बढीमा पुरूष तर्फ दुइ महिला तर्फ दुइ टिमलाई मात्र इन्ट्रि दिइने साथै वडाको सिफारिस अनिवार्य रहेको कन्दङवाले बताए ।
इन्ट्रि गर्ने अन्तिम समय फागुन २६ गते दिनको २ बजे सम्म तोकिएको छ। पुरूष तर्फको इन्ट्रि शुल्क तीन हजार र महिला तर्फको एक हजार रहेको छ ।प्रतियोगिताको प्रत्यक्ष प्रशारण गोल नेपाल डट कम बाट गरिनेछ ।