रमेश थापा
पाँचथर-पाँचथरको पृथ्वी मा.वि यासोकका उपाधि विजेता विद्यार्थीहरुलाई विद्यालयले पुरस्कृत गरेको छ। विद्यालयले आयोजित एक कार्यक्रमका बीच विद्यालयका ४६ जना छात्र र छात्रा विद्यार्थी पुरस्कृत गरेको हो। गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पृथ्वी मावि यासोक बिजेता बनेको थियो । प्रतियोगिताको १३ विद्यामा १७ स्वर्ण पदक हात पार्दै उपाधि विजेता बनेको विद्यालयका छात्र र छात्राहरुलाई नगद सहित पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक ऋषिराम गजुरेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको व्यक्तिगत खेलतर्फ नगद ५ सय र समुहगत तर्फ नगद २ हजार गरी १४ हजार रुपैयाँबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले पुरस्कृत गर्नुभयो। नगद पुरस्कार वितरण गर्दै अध्यक्ष लाओतीले खेलकुदको क्षेत्रबाट विद्यालयको शिर उच्च बनाउँन सफलता मिलेको बताउँदै खेलकुद क्षेत्रको विकासका लागि विद्यार्थीहरुलाई निरन्तर प्रोत्साहन गर्ने बताउनुभयो।
प्रतियोगिता गत पुष १८ र १९ गते पृथ्वी माविको खेलमैदानमा भएको थियो। गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १७ स्वर्ण पदक पाउँदै पृथ्वी मावि यासोक प्रथम भएको थियो।
उपाधि विजेता पृथ्वी माविका विद्यार्थी पुरस्कृत


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
सम्बन्धित खवर
Advertisment