+
+

उपाधि विजेता पृथ्वी माविका विद्यार्थी पुरस्कृत

399 पटक हेरिएको
Clock २०८१ फाल्गुन २१, बुधबार ११:४४
-- Sponsored --

AI सारांश

Fast AI

१. पृथ्वी मा.वि. यासोकले गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १७ स्वर्ण पदक हात पार्दै उपाधि विजेता बनेको थियो।
२. विद्यालयले आयोजित कार्यक्रममा ४६ जना विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो।
३. विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले नगद १४ हजार रुपैयाँबाट विद्यार्थीहरुलाई पुरस्कृत गर्नुभयो।

रमेश थापा
पाँचथर-पाँचथरको पृथ्वी मा.वि यासोकका उपाधि विजेता विद्यार्थीहरुलाई विद्यालयले पुरस्कृत गरेको छ। विद्यालयले आयोजित एक कार्यक्रमका बीच विद्यालयका ४६ जना छात्र र छात्रा विद्यार्थी पुरस्कृत गरेको हो। गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पृथ्वी मावि यासोक बिजेता बनेको थियो । प्रतियोगिताको १३ विद्यामा १७ स्वर्ण पदक हात पार्दै उपाधि विजेता बनेको विद्यालयका छात्र र छात्राहरुलाई नगद सहित पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक ऋषिराम गजुरेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको व्यक्तिगत खेलतर्फ नगद ५ सय र समुहगत तर्फ नगद २ हजार गरी १४ हजार रुपैयाँबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले पुरस्कृत गर्नुभयो। नगद पुरस्कार वितरण गर्दै अध्यक्ष लाओतीले खेलकुदको क्षेत्रबाट विद्यालयको शिर उच्च बनाउँन सफलता मिलेको बताउँदै खेलकुद क्षेत्रको विकासका लागि विद्यार्थीहरुलाई निरन्तर प्रोत्साहन गर्ने बताउनुभयो।
प्रतियोगिता गत पुष १८ र १९ गते पृथ्वी माविको खेलमैदानमा भएको थियो। गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १७ स्वर्ण पदक पाउँदै पृथ्वी मावि यासोक प्रथम भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win