0 प्रतिक्रिया
समाज र विज्ञान पछाडी फर्किदैन- गृहमन्त्री लेखक
AI सारांश
Fast AIनिम्न ३ वटा बुँदाहरूमा यस नेपाली समाचारलाई छोटो सारांश लेखिएको छ:
* गृहमन्त्री रमेश लेखकले लोकतान्त्रीक ब्यबस्थामा अलोतान्त्रिक राजतन्त्रमा पछाडी फर्किने सम्भावना छैन भने ।
* उनले समाजमा क्रान्तिकारी परिवर्तनको लागी साहित्यको योगदान आवश्यक रहेको बताए।
* जनताको स्वतन्त्राताको कुनै बिकल्प नरहेको बताउदै लोकतन्त्रको बिकल्प लोकतन्त्र नै भएको धारणा राखे ।
डडेलधुरा । गृहमन्त्री रमेश लेखकले समाज र बिज्ञान पछाडी नफर्किने बताएका छन् । बिहीवार डडेल्धुराको परर्शुराम नगरपालिकामा आयोजित परर्शुराम साहित्य महोत्सव उद्घाटन समारोहमा बोल्दै राजतन्त्र फर्किने सम्भावना नरहेको बताए ।
‘देशमा गणतन्त्र आईसकेको छ,केहि साथिहरुले राजतन्त्र पुनस्थापना कुरा गरिरहनुभएको छ, गृहमन्त्री लेखकले भने, ‘लोकतान्त्रीक ब्यबस्थामा अलोतान्त्रिक राजतन्त्रमा पछाडी फर्किने सम्भावना छैन। निकै त्याग र तपस्या बाट यो ठाउमा पुगिएको हो ,अब यो ठाउँबाट पछाडी होइएन अगाडी बढ्ने हो।’
त्यसैगरी उनले समाजमा क्रान्तिकारी परिवर्तनको लागी साहित्यको योगदान आवश्यक रहेको बताउदै संसारमा आजसम्मको प्रगति क्रान्ती र परिवर्तनमा साहित्यको ठुलो योगदान रहेको स्मरण गरे।
जनताको स्वतन्त्राताको कुनै बिकल्प नरहेको बताउदै गृहमन्त्री लेखकले लोकतन्त्रको बिकल्प लोकतन्त्र नै भएको धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











